मलेसियामा अवैधानिक हैसियतमा कार्यरत कामदार लिम्बुको मृत्यु।

क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा करिबकरिब ४ लाख नेपालीहरु विभिन्न क्षेत्रमा कार्यरत रहेको छ । ति मध्य अहिलेपनि सयौं नेपाली हरु अवैधानिक हैसियतमा रहेको पाइन्छ ।

हुन त , मलेसिया सरकारले बारम्बार अवैधानिक बाट वैधानिक बन्नेसंगै घर फर्किने अवसर पनि दिदैं आएका छ्न, साथै नेपाली राजदूतावासले पनि अवैध बसेका नेपाली हरुलाई घर फर्किन सुझाव दिने गरेका छ्न , तर पनि सयौं नेपाली अझै पनि अटेरी गरि अवैधानिक हैसियतमा लुकिछिपी काम गरिरहेको , बसिरहेको भेट्न सकिन्छ ।

मलेसियामा अवैधानिक भैइदिँदा कुनै – कुनौ कम्पनीले काम त दिन्छन् , तर समयमा पारिक्ष्रमिक नदिने , बिरामी पर्दा स्वास्थ्य उपचार नगरिदिने , सेवा सुविधा नदिने लगायतको कैयौं जटिल समस्या कामदारले भोग्नुपरेको छ ।

त्यस्तै समस्यामा परेर एकजना नेपालीको अकालमै मृत्यु भएको छ । शुक्रवार सुतेकै अवस्थामा अवैधानिक हैसियतमा सुरक्षागार्डमा कार्यरत हेमबहादुर वनेम फागो लिम्बु नाम गरेको कामदारको मृत्यु भएको जानकारी प्राप्त भएको छ । मृतक लिम्बु बिगत डेढ दशकदेखि मलेसिया सेलाङ्गरमा अवैधानिक हैसियतमा रहि काम गर्दै आएको थियो ।

पछिल्लो केहि महिनादेखि विभिन्न रोगले च्यापेर बिरामी भैइ थल्ला परेका लिम्बु केहि बर्ष पहिले यतै मलेसियामै काम गर्ने एकजना फिलिपिन्स मुलकी युवतीको प्रेममा परि बिहे गरि बच्चा समेत रहेको पाइएको खबर सोही कम्पनीमा काम गर्ने नेपालीले नै नाम नखुलाउने सर्तमा जानकारी दिए । लिम्बुको मृत्यु अस्पतालमा उपचार को क्रममा भएको जानकारी प्राप्त भएको छ ।

बिगत लामो समय पहिल्यै ति फिलिपिन्स युवती आफ्नो देश फर्किसकेको भए ता पनि मृतक लिम्बु स्वस्थ्य हुन्जेलसम्म बच्चाको लालनपालन को लागि मलेसियाबाटै खर्चको लागि पैसा पठाउने गरेको ति नेपालीले बताए । तर , अब कमाउने बाउकै मृत्यु भएपछि ति बच्चाको समेत बिच्चली हुने निश्चिति रहेको ति नेपालीले दुखित हुँदै सुनाए ।

यसरी मलेसियामा वैदेशिक रोजगारीको सिलसिलामा कमाउन आएर मलेसियन , फिलिपिन्स , इन्डोनेसियन , इन्डियनलगायत मुलुकको युवा , युवतीको प्रेममा परेर घरजम गर्ने नेपाली युवा र युवतीहरु को संख्या पनि ठूलै रहेको पाइन्छ। कतिपयले राम्रै पैसा कमाएर जमाएर बसेका छ्न, भने कतिपय ले युवतीकै कारण अकालमै ज्यान गुमाएको , घरवारविहीन बनेको घटना पनि थुप्रै रहेको छ ।