क्वालालम्पुर: मलेसिया अध्यागमन विभाग इमिग्रेशन (JIM) ले बिहिवार बिहानको समयमा क्वालालम्पुर चाउकित, जलान हाजी हुसेन स्थित १४-तले फ्ल्याटमा छापा मारेर १२४ अवैधानिक आप्रवासी कामदार हरुलाई पक्राउ गरेको छ।
क्वालालम्पुर अध्यागमन विभागका निर्देशक वान मोहम्मद साउपी वान युसोफ का अनुसार पक्राउ परेकामध्ये ८४ जना इन्डोनेसियाली, १७ जना बंगलादेशी, १४ जना पाकिस्तानी, ४ जना नेपाली, ३ जना भारतीय, र २ जना म्यानमारका नागरिक रहेका छन्। उनीहरू लाई वैध प्रवेश अनुमति बिना (भिसा नभएको) अवस्थामा बसोबास गरेको वा अनुमतिभन्दा बढी समय बसेको आशंकामा पक्राउ गरिएको हो ।
“निर्देशक युसोफले बिहानको समयमा गरिएको अपरेशन सार्वजनिक गुनासोको आधारमा गरिएको हो, जसमा अवैध आप्रवासीहरूको वृद्धि स्थानीय समुदायका लागि असहज बनिरहेको थियो। उनीहरू भीडभाडमा अत्यन्तै अस्वास्थ्यकर अवस्थामा बसिरहेका थिए, जसले स्वास्थ्य जोखिम निम्त्याउन सक्थ्यो। “हामीले एक युनिट फेला पार्यौं, जहाँ २३ जना विदेशी कामदार पाँच कोठाको घरमा बसेका थिए। यी कोठाहरूको भाडा आरएम ८०० देखि आरएम २ हजार २०० सम्म रहेको छ। अधिकांश पक्राउ परेकाहरू यही क्षेत्रमा काम गरिरहेका थिए,” उनले भने।
निर्देशक साउपीका अनुसार, बिहान ०१ बजे देखि ०३:०० बजे सम्म चलेको उक्त अपरेशनमा क्वालालम्पुर अध्यागमनका ५० अधिकारीहरू र मलेसिया प्रहरी बल (PDRM) का ३० सदस्यहरू संलग्न थिए। पक्राउ परेकाहरूलाई इमिग्रेशन ऐन १९५९/६३ को दफा ६(१)(c) र दफा १५(१)(c) अनुसार अनुसन्धानका लागि क्वालालम्पुर अध्यागमन मुख्यालयमा लगिएको छ।
निर्देशक साउपीका अनुसार, १ जनवरी २०२५ देखि हालसम्म क्वालालम्पुर अध्यागमनले ११९ अपरेशन सञ्चालन गरिसकेको छ, जसमा १,९४३ जना व्यक्तिहरूको जाँच गरिएको थियो। तीमध्ये ९२० जना अवैध आप्रवासीहरू पक्राउ परेका छन्।
“अवैध आप्रवासीहरूलाई रोजगारी दिने ३० जना स्थानीय नियोक्ताहरूलाई पनि पक्राउ गरिएको छ। उनीहरूलाई कुनै सम्झौताबिना कानूनी कारबाही गरिनेछ,” उनले बताए। उनले अवैध आप्रवासीहरूलाई “अध्यागमनको पुनःस्थापन कार्यक्रम २०२३ अर्थात रिहारिङ ३.० खुलेको म्याद थप भएको छ” भन्ने हल्लामा विश्वास नगर्न” चेतावनी समेत दिए।
“उनका अनुसार अहिले पनि धेरै आप्रवासीहरूले रिहाईरिङ खुल्नेबारे गलत जानकारीका आधारमा मलेसियामा बस्न जारी राखेका छन्, जबकि उनीहरूसँग वैध कागजात छैन,” उनले बताए। – BERNAMA




















