क्वालालम्पुर (मलेसिया):= मलेसियामा सडक दुर्घटनामा परि एक नेपाली कामदारको मृत्यु भएको छ। नेपाल ठेगाना सुनसरी जिल्लाको इनरुवा नगरपालिका ६ निवासी ४२ वर्षीय सञ्जीवकुमार श्रेष्ठको दुर्घटनामा परि मृत्यु भएको हो।
मलेसियाको जोहोरबारु सेनाइमा एक सेक्युरिटी कम्पनीमा आबद्ध रहि सुरक्षागार्डको काम गर्दै आएका क्ष्रेष्ठ गएको बुधबार सडक बाटो काट्नेक्रममा दुर्घटनामा परेर मृत्यु भएको नेपाली राजदूतावासले बताए ।
यहाँ आएको दुई वर्ष पुग्न लाग्दा उनको मत्यु भएको हो। उनको शव नेपाल झिकाइदिन बुधबार नेपाली राजदूतावास मलेसियासँग आग्रह गरेका थिए। मृतकको शव नेपाल पठाईदिन र आवश्यक समन्वयको लागि दूतावासमा नेपाल बाट पत्र आईसकेको छ, सोही अनुरुप प्रक्रिया अगाडि बढाइएको दूतावासले बताए ।
सन् २०१७ मा वीरा सेक्युरिटि सर्भिस कम्पनीमा काम गर्न पुगेका उनी त्यहाँबाट फर्किएर फेरि अर्को कम्पनीमा आएका थिए। त्यस् पश्चात् पुनः सन् २०२३ मार्चमा नुर अपरच्युनिटी ओभरसिज म्यानपावर कम्पनिबाट ब्ल्याकगोल्ड सेक्युरिटी कम्पनीमा काम गर्न आएका थिए।




















