चर्चित हास्य कलाकार माग्ने बुढा र चन्द्रमुखी अष्ट्रेलियाको फिन कनेक्स फाइनान्सियलको ब्राण्ड एम्बेष्डर नियुक्त।

काठमाडौं := चर्चित हास्य कलाकार केदारप्रसाद घिमिरे (माग्ने बुढा) र सीतादेवी तिमल्सेना (चन्द्रमुखी ) अष्ट्रेलियाको फिन कनेक्स फाइनान्सियलको ब्राण्ड एम्बेष्डर नियुक्त हुुनुभएको छ । कम्पनीले माग्ने बुढा र चन्द्रमुखीलाई बुधबार आफ्नो कम्पनीको ब्राण्ड एम्बेष्डरमा नियुक्त गरेको हो ।

विगत छ वर्षदेखि अष्ट्रेलियामा सेवा प्रदान गर्दै आएको फिन कनेक्सका प्रमुख विष्णुप्रसाद अर्यालले आफ्नो कम्पनी चर्चित कलाकारसँग जोडिन पाएकोमा खुसी व्यक्त गर्नुभएको छ । नेपाली समुदायबीच फिन विश्वासिलो र भरपर्दो संस्थाका रूपमा स्थापित छ ।

होम लोन, बिजनेस लोन, कमर्सियल लोन, इन्भेष्टमेन्ट लोन, एसएमएसएफ लोन र डेभलपमेन्टलगायतका लोनसम्बन्धी विभिन्न सेवा दिँंदै आइरहेको फिनको केन्द्रीय कार्यालय अष्ट्रेलियाको सिड्नीमा रहेको छ भने कम्पनीले अष्ट्रेलियाको मेलबर्न, एडिलेट र ब्रिसबेन लगायतका शहरबाट सेवा प्रदान गर्दै आएको छ ।

उक्त कम्पनी अष्ट्रेलियाका ४० भन्दा बढी बैकहरूसँग रहेको बताइएको छ । पछिल्लो पाँच वर्षमा कम्पनीले पाँच सयभन्दा बढीलाई घर किन्न ऋण प्रदान गरेको जनाएको छ । अष्ट्रेलियामा नेपाली समुदाय बाक्लिँदै गएको अवस्थामा आफूहरू नेपालीहरूकै संस्थासँग जोडिन पाएको भन्दै कलाकारद्वयले खुसी व्यक्त गरेका छन् ।