देउवाले पार्टी चलाउन सक्नुभएन अब आगामी महाधिवेशनबाट डा. कोईरालाले चलाउनेछ्: नेतृ सुजता कोईराला।

काठमाडौं := नेपाली काँग्रेसकी नेतृ सुजता कोईरालाले सभापति शेरबहादुर देउवाले पार्टी चलाउन नसक्नुभएको बताउनुभएको छ । सोमवार भक्तपुरमा गिरिजाप्रसाद कोईराला र वर्तमान राजनीति विषयक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सभापति देउवाको कुनै सिद्धान्त र विचार नरहेको बताउनु भयो । उहाँले प्रजातन्त्र अहिले एकदमै कमजोर भएको बताउनु भयो । उहाँले देश काँग्रेसले नभइ नेकपा एमाले र एमाले अध्यक्ष केपी शर्मा ओलीले हाँक्नुभएको बताउनु भयो ।  उहाँले आगामी महाधिवेशनबाट डा. शेखर कोईराला काँग्रेसको सभापति बन्ने र आफ्नो समर्थन रहने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रजातन्त्र एकदम कमजोर भएको अवस्था छ । आज यो देश नेपाली काँग्रेसले हाँकेको छैन। यो देश आज एमालेले हाँकिरहेको छ । ओलीजीले नेतृत्व लिनुभएको छ । ओलीजीले देश हाँकिरहनुभएको छ । नेपाली काँग्रेस स्याडोमा परेको छ। शेरबहादुरजी, उहाँको कुनै विचार छैन, उहाँ केही पनि गर्नुहुन्न ।

उहाँ कामै गर्नुहुन्न । उहाँ दिनभर के गर्नुहुन्छ, भगवान जानोस् तर उहाँले नेपाली काँग्रेस हाँक्न सक्नुभएको छैन। त्यसैले मैले निर्णय गरेँ, अब हुने सभापति शेखर कोईराला हो । शेखर कोईरालालाई मेरो सपोर्ट हुनेछ ।’ उहाँले राजनीति, प्रजातन्त्र बिग्रिए देश बिग्रिने बताउनु भयो । विकास निर्माणका काम प्रधानमन्त्री ओलीले गर्नुभएको तर नेपाली काँग्रेसले कुनै काम नगरेको बताउनु भयो ।