क्वालालम्पुर (मलेसिया):= सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मलेसियाको क्वालालम्पुरमा अवस्थित होटेल ग्रेण्ड कन्टिनेन्टलमा एक कार्यक्रमकाबिच एक दिने श्रम तथा बिमा सम्बन्धि सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
आईतवार सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको अध्यक्षता र मलेसियास्थित नेपाली राजदुतावासका राजदूत डा:नेत्र प्रसाद तिम्सिनाको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अरु इन्स्योरेन्स कम्पनी हरुको तुलनामा उत्कृष्ट रहेको दावा गर्दै आप्रवासी कामदारहरु संग जोडिएर उनीहरुलाई बिमा बारे बुझाउदै भैपरी आउने भवितब्य र जोखिम बहन को लागि बिमा साक्षरता गराउदै सन लाइफ सङ जोडिएर काम गर्न्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको र यसलाई मलेसियामा रहेका राजदूतावास लगायत सबै संघसस्था मिलेर सहयोग समन्वय गर्नुपर्ने धारणा राख्दै सभाहलमा उपस्थित सबैलाइ स्वागत गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले स्वागत मन्तव्य राखेका थिए ।
प्राय सबै इन्स्योरेन्स कम्पनीहरुले लाभाम्सको मात्रै प्रचार गरेको तर यो इथिकल सेभिङ रहेको बताउदै गलत प्रचार भैरहेको आफ्नो लामो बित्तिय संस्थाहरु संगको आबद्धता र अनुभव सुनाउँदै मलेसियामा छिटै यस् इन्स्योरेन्स कम्पनीको शाखा स्थापना गरि धेरै भन्दा धेरै कामदार साथीहरूलाई बिमा बारे बुझाउँदै जोड्दै लैजाने तयारीमा रहेको कार्यक्रम संचालक कवि फुयालले जानकारी दिएका थिए ।
बिमा सम्बन्धि सचेतना कार्यक्रममा कामदारहरुलाइ सेवामुलक कुनै न कुनै रुपमा फाइदा पुग्ने कानुन संबत सबै खाले काममा दूतावास सकारात्मक रहेको राजदुत
डा.तिम्सिनाले भनाइ राखेका थिए ।
कार्यक्रममा उपस्थित मध्यका एनआरएनए मलेसिया २०२३ – २०२४ कार्यकाल अध्यक्ष एवं नेपाली ब्यवसायी बिनोद थापाले बिदेशी कामदारको लागि जहाँ जुन देशमा बिमित छ्न त्यहीँ सेवा सुविधा दिने छुट्टै प्रावधान बनाउन सके थप प्रभावकारी हुने सुझाव दिएका थिए ।
त्यस्तै कार्यक्रममा प्रवासी नेपाली मञ्च मलेसियाका अध्यक्ष एवं नेपाली व्यावसायी दयाराम कुमाल , ब्यावसायी योगेन्द्र कुवर , राजु तमाङ , किरन थापा , सञ्चारकर्मी एवं श्रमिक तिलोचन गौतम लगायतले बिमा सम्बन्धि विषय सेरोफेरोमा रहि इन्स्योरेन्स कम्पनीसंग विभिन्न किसिमका अन्तरक्रिया सवाल जवाफ गरेका थिए ।