क्वालालम्पुर (मलेसिया):= गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् मलेसियाले पनि मलेसियाका लागि नव नियुक्त महामहिम राजदूत डा.नेत्रप्रसाद तिम्सिना को स्वागत गर्ने भएका छ्न ।
यहीँ मिति सन् २०२५ फेब्रुअरी १६ तारिख आईतवारका दिन क्वालालम्पुरमा अवस्थित होटेल ग्रेण्ड कण्टिनेन्टलमा एक भब्य कार्यक्रमका बीच राजदूत डा.तिम्सिनाको भब्य स्वागत तथा सम्मान गर्ने कार्यक्रम तय भएको गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका अध्यक्ष राकेश प्रसाद महतो “आरके” ले बताए ।
अध्यक्ष महतोले कार्यक्रमको तयारी सुरु भैइसकेको बताउँदै आज सोमबार एनआरएनए मलेसियाका पदाधिकारीहरु मिलेर राजदूतावासमा राजदूत ज्यू कै कार्यकक्षमा उपस्थित भैइ फेब्रुअरी १६ तारिख हुने स्वागत कार्यक्रमको लागि राजदूत डा.तिम्सिना ज्यू लाई प्रमुख अतिथि र नेपाली राजदूतावास परिवारलाई अतिथिको लागि निमन्त्रणा समेत गरिसकेको बताए ।
कार्यक्रमलाई सफल बनाउन र उपस्थितिको लागि मलेसियामा सक्रिय विभिन्न संघसंस्थालाई पनि निमन्त्रणा पत्राचार गरिनुको साथै स्थानीय कलाकारहरुको साथमा सांगीतिक – सांस्कृतिक प्रस्तुति , सम्मानपत्र वितरणको साथै उपस्थिति जनाउने हरुको लागि खानपिनको बन्दोबस्त समेत गरिने अध्यक्ष महतोले बताए ।