अमेरिकी राष्ट्रपति ट्रम्पले आफू विरुद्ध छानबिनमा संलग्न कर्मचारीलाई गरे बर्खास्त।

न्युयोर्क:= अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू विरुद्ध छानबिनमा संलग्न ‘जस्टिस डिपार्टमेन्ट’का कर्मचारीलाई बर्खास्त गर्नुभएको छ । ट्रम्पले नियुक्त गर्नुभएका कायममुकायम महान्यायाधिवक्ता जनरल जेम्स म्याकहेन्रीले ती अधिकारीले ट्रम्पको एजेन्डामा सहयोग गर्ने विश्वास नभएका कारण यो निर्णय गरेको बताउनुभएको छ ।

ट्रम्पले सन् २०२० को निर्वाचन परिणाम उल्ट्याउन गरेको प्रयास तथा आफूले राष्ट्रपति कार्यालय छाडेपछि कागजात लुकाउन गरेको प्रयासमा छानबिन गरेका अधिकारी ज्याक स्मिथले भने यसअघि नै राजीनामा दिनुभएको थियो , ट्रम्पले मियामीमा बोल्दै आफू अर्को कार्यकाल फेरि राष्ट्रपति नहुने कुरा पक्का नभइसकेको बताउनुभएको छ ।