[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= मलेसियाका लागि नेपाली राजदूत महामहिम डा. नेत्रप्रसाद तिम्सिनाले आज क्वालालम्पुरस्थित इस्ताना नेगारा (राज दरबार) मा आयोजित एक विशेष समारोहमा मलेसियाका राजा महामहिम सुल्तान इब्राहिमसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ।
आज मिति सन् २०२५ जनवरी २८ तारिख मंगलबार इस्ताना नेगारा राज दरवारमा नेपाली राजदूत डा.तिम्सिनासंगै ६ जना नव नियुक्त विभिन्न देशको राजदूतहरूका लागि आयोजित एक सामूहिक समारोहका बीच मलेसियाको राजा सुल्तान इब्राहिम सुल्तान इस्कन्दर समक्ष डा.तिम्सिनाले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो।

राजदूत डा. तिम्सिनाले नेपालको राष्ट्रपति रामचन्द्र पौडेलको तर्फबाट राजा सुल्तान अब्राहिमलाई र सम्पुर्ण मलेसियाली जनतालाई बधाईको संदेश दिँदै शुभकामना समेत व्यक्त गर्नुभयो ।
ओहोदाको समारोहमा मलेसिया सरकारको परराष्ट्रमन्त्री दातो’ श्री उतामा हाजी मोहम्मद बिन हाजी हसन, उपमहासचिव (द्विपक्षीय मामिला) दातो श्री अहमद रोजियान बिन अब्द उपस्थित हुनुहुन्थ्यो। घानी, र परराष्ट्र मन्त्रालयका शिष्टाचार प्रमुख दातो श्री युबाज्लान बिन युसुफ पनि उपस्थित थिए।

राजदूत डा.तिम्सिनासँगै राजदूतावासका उप-नियोग प्रमुख/काउन्सिलर सुश्री मुदिता बज्राचार्य पनि सो समारोहमा उपस्थित थिए। उहाँ हरु प्रमाणपत्र प्रस्तुत गर्न दरबारमा पुगेपछि राज दरवारका प्रेस्टिज गार्डले भव्य अभिवादन गरेका थिए ।





















