क्वालालम्पुर := सदा-झै मलेसियामा रहेका नेपाली राजदुतावास क्वालालम्पुरको लागि राजदूत नियुक्त भएर मलेसिया आइपुगेका महामहिम राजदूत डा. नेत्र प्रसाद तिम्सिनालाई मलेसियामा रहेका सक्रिय संघ सस्था हरुले संयुक्तरुपामा एक कार्यक्रमका बीच भब्य स्वागत गरेका छ्न ।

मलेसियामा नयाँ राजदूत नियुक्त भएर आउँदा यहाँ रहेका संघसंस्थाहरुले सदैव स्वागत गर्ने गरेको भन्दै त्यसैलाई निरंन्तरता दिँदै आफू हरुले स्वागत कार्यक्रमनै राखेर राजदूत डा.तिम्सिना ज्यूको स्वागतसंगै सम्मान गरिएको कार्यक्रम संयोजक गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका पुर्व अध्यक्ष बिनोद थापाले बताए ।

एनआरएनए मलेसियाका पुर्व अध्यक्ष थापाको संयोजकत्व , नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष बिपिन राईको ब्यवस्थापनसंगै विभिन्न सामाजिक , राजनीतिक संघसंस्था र समाजसेवी ब्यक्तिहरुको आर्थिक, नैतिक र भौतिक सहयोग समन्वयमा आईतवार नेपाली राजदूतावास सङै रहेको भवनको सभाहलमा एक कार्यक्रमका आयोजना गरि संयुक्त रुपमा स्वागत गरेका हुन ।

उक्त कार्यक्रममा संचारकर्मीहरुको प्रतिनिधित्व गर्दै स्वागत मन्तव्यका क्रममा मलेसियास्थित नेपाली राजदूतावासको ध्यानाकर्षण गराउँदै दूतावास बाट दिइँदै आएका सेवा हरुलाई थप प्रभावकारी मर्यादित बनाउन पर्ने, मलेसियामा कार्यरत नेपालीहरु लाई सूचनाको हक कटौती नगरिदिन र राजदूतावास कुनै पार्टी विशेष नबनेर निष्पक्ष रुपमा श्रमिकको निम्ति काम गर्नुपर्ने मलाया खबरका संचारकर्मी घनश्याम चौधरी “आरएन” ले स्वागत मन्तव्यका क्रममा बोलेका थिए ।

स्वागत मन्तव्यकै क्रममा एनआरएनए एवं नेपाली व्यावसायी खगेन्द्र न्यौपानेले यहाँ कार्यरत नेपाली कामदारको चौबिस घन्टे इन्स्योरेन्स सेवा हुनुपर्ने , श्रम स्विकृती नविकरण को प्रावधानमा र समग्र मलेसियादेश संगको श्रम सम्झौतामा पुनरावलोकन जरुरी रहेको धारणा राखेका थिए ।

त्यस्तै रास्वपा मलेसियाका सभापति एवं नेपाली ब्यावसायी नेत्र केसीले मलेसियामा नेपालीको लागि सेल्टर हाउस स्थापना गर्दैगर्दा कुनै एउटा राजनीतिक पार्टीको नभैइ र कुनै एउटा् राजनीतिक पार्टीको ले नेतृत्व नगरी यसको संचालनको दायित्व र जिम्मेवारी स्वयंम दूतावासले नै उठाउनुपर्ने र सेल्टर हाउस संचालनको निम्ति सहयोग समन्वय यहाँ रहेका सबै संघसंस्थाले मिलेर गर्नुपर्ने धारणा राखेका थिए ।

स्वागत कार्यक्रम लाई सम्बोधन गर्दै राजदुत डा.नेत्र प्रसाद तिम्सिनाले नेपाली राजदूतावास सबैको साथी बनेर , सहकार्य गरेरनै मलेसियामा रहेका सबै नेपालीलाई सेवा दिने बताए । साथै दूतावास परिवारले आफ्नो कार्यक्षमतामा क्रमिक रुपमा सुधार गर्दै यहाँ कार्यरत श्रमिकको निम्ति भरपुर सहयोग समन्वय गर्न लागिपरेको र मलेसियामा नेपालीको हुने अस्वभाविक मृत्युको बारे पनि जानकार रहेको बताउँदै त्यसको न्यूनीकरण र सक्दो सहयोग समन्वय दूतावासले नै गरिरहेको बताए ।


एनआरएनए मलेसियाका महासचिव एवं ब्यावसायी टीकाराम अधिकारीले संचालन गरेको उक्त स्वागत कार्यक्रममा विभिन्न संघसंस्थाको तर्फबाट उपस्थित अतिथिहरुले पालैपालो स्वागत तथा शुभकामना मन्तव्य राखेका थिए । साथै सबैले पालैपालो फुलको गुच्छा दिई खादा लगाएर राजदूत डा. तिम्सिनालाई स्वागत गरेका थिए ।




कार्यक्रममा राजदूतावासका तर्फबाट डिसिएम मुद्दिता बज्राचार्य प्रशासकिय प्रमुख अधिकृत एवं प्रथम सचिव बलिरामप्रसाद धामी लगाएतका कर्मचारीहरु र सञ्चारकर्मी , व्यापारी , ब्यावसायी संगै नेपाली श्रमिकहरुको समेत भब्य उपस्थिति रहेको थियोे ।






















