नेपाल क्रिकेट संघ (क्यान)ले युवा ब्याटरका लागि ‘ब्याटिङ क्लिनिक’ सञ्चालन गर्ने।

काठमाडौं := नेपाल क्रिकेट संघ (क्यान)ले युवा ब्याटरका लागि ‘ब्याटिङ क्लिनिक’ (ब्याटिङ क्याम्प) सञ्चालन गर्ने भएको छ । क्यानले माघ ४ देखि १२ गतेसम्म त्रिवि र मूलपानी क्रिकेट मैदानमा क्याम्प सञ्चालन गर्ने भएको हो ।

राष्ट्रिय टोलीका प्रशिक्षक मोन्टी देसाईको प्रत्यक्ष निगरानीमा हुने क्याम्पका लागि २० खेलाडीलाई बोलाइएको छ । खेलाडीको क्षमता अभिवृद्धि गर्न क्याम्पको सञ्चालन गर्न लागिएको क्यानले जनाएको छ।

क्यानका अनुसार जय ट्रफीका दौरान घाइते भएका कारण मधेश प्रदेशका युवा ब्याटर मायन यादवलाई भने क्याम्पमा राखिएको छैन । यसबाहेक लोकेश बम, तृतराज दास, किरण ठगुन्ना, रित गौतम, आकाश त्रिपाठी, सोनु अन्सारी, अर्जुन कुमाल र अंकित सुवेदीलाई क्याम्पमा बोलाइएको छ ।

यसैगरी आशुतोष घिरैया, सोहेल कुँवर, अभिषेक तिवारी, विपिन रावल, सन्तोष यादव, नरेन भट्ट, उत्तम थापामगर, शुभ कंसाकार, इम्रान शेख, सन्तोष कार्की, सुजन थपलिया र अर्जुन घर्तीलाई पनि क्याम्पमा बोलाइएको छ ।