‘च्याट जिपिटी, त्यो कुनै चित्रगुप्त होइन’, विदेश जाने भन्दा नि देश बमाउनमा ध्यान दिनुस्: प्रधानमन्त्री केपी ओली।

काठमाडौं := प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्राविधिक शिक्षामा बढी जोड दिइरहेको बताउनुभएको छ । बिहीवार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आइटी र प्रविधिको क्षेत्रमा सरकारले जोड दिएर काम गरिरहेको उल्लेख गर्नुभयो। उहाँले च्याट जिपिटी, एआई अब नेपालका लागि नयाँ कुरा नभएको भन्दै यसको प्रयोगबाट नेपाल अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले प्रविधिबाट शतर्क हुनुपर्ने अवस्था रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब हामी उठ्न नसक्ने कुनै कारण छैन। अब हामीले प्राविधिक शिक्षामा जोड दिनेछौँ । आइटीमा जोड दिनेछौँ । अब हाम्रा लागि नयाँ कुरा होइन। च्याट जिपिटी पनि नयाँ कुरा होइन । एआई पनि नयाँ कुरा होइन ।

हामी त्यसको प्रयोग गरेर बाँकी दुनियाँ जस्तै अघि बढ्न सक्छौँ । त्यसका खतरनाक पक्षहरु छन्। ति कुराहरुमा पनि हामीले ध्यान दिनुपर्छ । त्यसले अह्राएको गर्छ, साँचो र झुटो धेरै छुट्याउँदैन ।

त्यो कुनै चित्रगुप्त होइन । अह्राएको गर्ने भएकाले गलत अह्रायो भने गलत गर्दछ । त्यो बुझ्न शतर्क हुनुपर्छ ।’ प्रधानमन्त्री ओलीले विदेश पलायन हुने भन्दा आफ्नो देश बनाउने कुरामा बढी ध्यान दिनुपर्ने बताउनु भयो ।