वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूमाथि कुटपिट गर्ने व्यक्तिविरूद्ध दिए जाहेरी।

काठमाडौं := वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूमाथि कुटपिट गर्ने व्यक्तिविरूद्ध जाहेरी दिनुभएको छ । त्रिपाठीले आफूमाथि ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रव भएको भन्दै प्रहरी वृत्त सिंहदरवारमा बिहीबार जाहेरी दिनुभएको हो।

त्रिपाठीले प्रहरीमा दिएको ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव सम्बन्धी कसुरको जाहेरी दर्ता भएको छ । कालिमाटीको स्वर्णलक्ष्मी सहकारी अनियमितता प्रकरणमा रास्वपा सभापति एवं पुर्व गृहमन्त्री रवि लामिछानेको थुनछेक बहस सकेर जिल्ला अदालत काठमाडौंबाट निस्किँदा बुधबार त्रिपाठीमाथि दुर्व्र्यवहार भएको थियो ।

हिजै प्रहरीले त्रिपाठीलाई दुर्व्यवहार गरेको आरोपमा ललित केसीलाई पक्राउ गरेको छ । त्रिपाठीले केसीलगायत आफूमाथि कुटपिट गर्ने व्यक्तिलाई कारवाहीको माग गर्दै जाहेरी दिनुभएको हो। सिसिटिभी हेरेर अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।