क्वालालम्पुर := थारु कल्याणकारिणी सभा (थाकस) मलेसिया परिवारले यस् बर्षदेखि नेपालमा पत्रकारिता क्षेत्रमा कार्यरत थारु पत्रकारको छनोटगरि नगदसहित सम्मान गर्ने कामको थालनी गरेका छ्न ।
सम्मानित हुने क्रममा कपिलवस्तु जिल्लालाई कार्यक्षेत्र बनाई विगत एक दशकदेखि पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशील पत्रकार राम अवतार (चौधरी) थारुलाई थाकस मलेसिया परिवारको तर्फबाट नगदसहित सम्मानपत्र प्रदन गरि सम्मानित गरिएको हो ।
विभिन्न सञ्चार माध्यममा आवद्ध रहि थारु समुदायको अधिकार संरक्षण, सामाजिक न्याय, र ग्रामीण क्षेत्रका विषयवस्तुहरूलाई कलम मार्फत उजागर गर्दै आएका पत्रकार थारुलाई थाकस मलेसिया र थाकस बुद्धभूमि नगर कार्यसमिति परिवारको संयुक्त समन्वयमा सम्मान गरिएको थाकस मलेसियाको पुर्व अध्यक्ष तथा प्रमुख सल्लाहकार मनिराम थारुले बताउनुभयो ।
थाकस मलेसियाको संरक्षक एवं सामाजिक अभियन्ता घनश्याम चौधरी “आरएन थारु”ले नेपालमा थारु समुदायका ग्रामीण भेगमा कार्यरत पत्रकारलाई पहिलोपटक मलेसियाबाट नगदसहित पुरस्कृत गर्ने अभियानको सुरुवात पत्रकार राम अवतार थारुबाटै गरिएको बताउनुभयो ।
अभियन्ता चौधरीले भने, “यस्ता सम्मानले पत्रकारितामा समर्पित विशेष थारु समुदायका व्यक्तिहरूलाई थप प्रेरणा प्रदान गर्नेछ र थारु समुदायको मुद्दालाई अझ सशक्त रूपमा उठाउनेछ, अब आउने बर्ष हरुमा पनि अन्य थारु पत्रकार हरुलाई यसैगरी सम्मान गरिने चौधरीले बताउनुभयो।”
पत्रकार रामअवतार थारु , थारु पत्रकार संघ नेपालका पूर्व केन्द्रीय सदस्य तथा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) लुम्बिनी प्रदेशका पूर्व सदस्यसमेत हुन्। थारु समुदायको हकहितमा समर्पित यस्ता कदमहरूले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ ।




















