काठमाडौं := सामाजिक अभियन्ता आशिका तामाङ पक्राउ परेकी छन् । नेपाल प्रहरीले उनलाई बुधबार दिउँसो स्वयम्भुबाट पक्राउ गरेको हो ।
काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीका अनुसार तामाङलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा नियन्त्रणमा लिइएको हाे । उनलाई थप अनुसन्धानका लागि गौशाला प्रहरी कहाँ लगिएको छ ।
अभिनेत्रीसमेत रहेकी आशिका पछिल्लो समय जनसरोकारका मुद्दामा पैरवी गरेर चर्चामा छिन् । उनले विभिन्न सरकारी तथा गैरसरकारी निकायमा हुने गतिविधिमाथि प्रश्न उठाउने गरेकी छिन् ।




















