रास्वपा संगठन विस्तारमा सक्रिय, सुदूरपश्चिमका ९ जिल्लामा जिल्ला समिति गठन।

कैलाली := राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पछिल्लो समय संगठन विस्तारमा सक्रिय लागिरहेका छ्न ।नेपाल अधिराज्यभरनै संगठन विस्तारको क्रममा सुदूरपश्चिमका ९ जिल्लामा जिल्ला समिति गठन गरेको छ । कैलाली, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, बैतडी, कंचनपुर र दार्चुला जिल्लामा जिल्ला समिति गठन गरेको रास्वपाका सुदूरपश्चिम प्रदेश प्रमुख सन्तोषराज जोशीले जानकारी दिए ।

विभिन्न मितिमा आयोजित रास्वपाको जिल्ला भेलाबाट चयन भएका जिल्ला सभापतिहरुको नेतृत्वमा जिल्ला समिति गठन भएको उनले बताए । उनका अनुसार कैलालीमा महेशकुमार चौधरी, दार्चुलामा गोपाल सिंह कोट्यारी, बाजुरामा नवराज जैशी, अछाममा आमेप्रकाश रावल, बझाङमा सत्यराज उपाध्याय, डोटीमा केशव बलायर, डडेल्धुरामा सुरेन्द्र अवस्थी, बैतडीमा भिमनाथ, कञ्चनपुरमा पदमबहादुर विष्टको नेतृत्वमा जिल्ला समिति गठन भएका छ्न ।