काठमाडौं := वैदेशिक रोजगारीको प्रलोभन देखाइ अमेरिका र माल्टा पठाइदिने भन्दै रकक ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
बेरोजगार नेपाली युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने धनकुटा जिल्ला पाख्रिबास नगरपालिका वडा नम्बर ८ निवासी हाल काठमाडौं जोरपाटीमा बस्दै आएका ४९ बर्षिय पुर्ण बहादुर गिरीलाई मिति २०८१ ०९/०२ गतेको दिन पक्राउ गरिएको हो ।
गिरीले अमेरिका पठाईदिन्छु भनि ३ जनासंग नेपाली रु.२४ लाख रुपैयाँ ठगी गरेको आरोप छ ।
त्यस्तै वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु भनी एकजनाको नेपाली रु. ३ लाख ५० हजार ठगी गर्ने जिल्ला खोटाङ दिक्तेल रुपाकोट मझुवागढी न.पा. वडा नं. ०६ हाल :- जिल्ला भक्तपुर सुर्यबिनायक न.पा. वडा नं. ०५ सल्लाघारी बस्दै आएका २० बर्षिय मिसन गुरुङ लाई यहीँ मिति २०८१।०९।०२ गते पक्राउ गरिएको हो ।
पक्राउ परेका दुबै जनालाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको प्रहरीले जनाएको छ ।





















