जाकार्ता:= इन्डोनेसियामा आएको बाढीमा डुबेर १० जनाको मृत्यु भएको छ । इन्डोनेसियाका उद्धारकर्ता हरूका अनुसार देशको मुख्य टापु जाभाको पहाडी गाउँहरूमा आएको बाढीमा बगेका १० शव निकालेका छन् । उनीहरूका अनुसार दुई जना अझै बेपत्ता छन्।
गत सातादेखि परेको अविरल वर्षाका कारण नदी किनार भत्केका छन । पहिरो, बाढी र तेज हावाले पश्चिम जाभा प्रान्तको सुकाबुमी जिल्लाका १७२ गाउँलाई ध्वस्त पारेको छ र ३,००० भन्दा बढी मानिसलाई अस्थायी सरकारी आश्रयमा भाग्न बाध्य बनाएको छ, हरियन्तोले भने।
अत्यधिक मौसमका कारण ४०० भन्दा बढी घरहरू खतरामा परेकाले अधिकारीहरूले झन्डै १,००० मानिसहरूलाई खाली गर्न चेतावनी दिएका छन्। प्रकोपले ३१ पुल, ८१ सडक र ५३९ हेक्टर (१,३३२ एकड) धानबारी पनि नष्ट गरेको छ भने १ हजार १ सय ७० घरको छानासम्म डुबानमा परेको छ ।
अत्यधिक बर्षाले ३,३०० भन्दा बढी अन्य घर र भवनमा पनि क्षति पु¥याएको स्थानीय प्रकोप व्यवस्थापन निकायले जनाएको छ ।




















