झापा जिल्ला अर्जुनधारा- ५ मा गाई काटेको आरोपमा दुईजना पक्राउ।

झापा:= कनकाई नगरपालिका ३ टप्पुमा गाई काटेको घटना सेलाउन नपाउँदै झापाको अर्जुअनधारामा गएराति अर्को गाई काटिएको छ । अर्जुनधारा नगरपालिका ५ पानीकल नजिक बिरिङ खोला किनारमा गएराति १० बजेतिर गाई काटिएको हो । गाई काटिरहेको अवस्थामा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ५० वर्षीय राम तामाङ र सन्त तामाङ छन् । उनीहरूको वतन प्रहरीले खुलाएको छैन। गाई कसको र कहाँबाट ल्याइएको हो, त्यो पनि स्पष्ट भएको छैन । पक्राउ परेका दुबैजनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । मङ्गलबार मात्रै कनकाई ३ टप्पुमा गाई काटिएपछि दुई दिनसम्म त्यहाँको स्थिति अशान्त बनेको थियो ।

कनकाईमा चोरेर गाई काट्ने बाह्रदशी गाउँपालिका ४ का ४६ वर्षीय बुधन आलम, उनकी श्रीमती ३९ वर्षीया कुरेसा खातुन , भारत किसनगञ्ज घर भई हाल कनकाई ३ मा बस्ने २० वर्षीय दिलवर हुसेन र उनकी श्रीमती १९ वर्षीया महिदा खातुनलाई प्रहरीले पक्राउ गरेको छ ।

झापाको दमकमा दुई महिना मन्दिरको गेटमा लगेर गाई काटिएको थियो । त्यसघटनामा संलग्नलाई समेत प्रहरीले पक्राउ गरेको थियोे । यद्यपि, गौहत्या गर्ने क्रम झापामा रोकिएको छैन ।