परराष्ट्र मन्त्री आरजु राणा आज चीन जादैँ।

काठमाडौं := परराष्ट्र मन्त्री आरजु राणा आज चीन जाने हुनुभएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका लागि उनी ५ दिन अगावै चीन जान लाग्नुभएको हो । प्रधानमन्त्री ओली १७ मंशिरमा चार दिने भ्रमणका लागि उत्तरी छिमेकी मुलुक चीन जाँदैछन ।

मुख्यतयाः चीनको ठुला परियोजना बिआरआई कार्यान्वयनसम्झौता गर्ने विषयमा कांग्रेस–एमालेबिच बिबाद कायमै रहेको बेला त्यसको पृष्ठभुमी तयारीका लागि परराष्ट्र मन्त्री पाँच दिन अगावै चीन जान लाग्नुभएको हो । उहाँको चीन भ्रमण सोमवार बसेको मन्त्री परिषद बैठकले स्विकृत गरेको थियो ।