दक्षिण भारतीय अभिनेता धनुष र उनकी श्रीमती ऐश्वर्याबीच सम्बन्ध विच्छेद।

एजेन्सी := दक्षिण भारतीय अभिनेता धनुष र उनकी श्रीमती ऐश्वर्याले सम्बन्ध विच्छेद गरेका छन्। उनीहरूले सन् २०२२ मा छुट्टिने निर्णय गरेको बताएका थिए। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार अदालतले धनुष र ऐश्वर्यालाई सम्बन्ध विच्छेदको अनुमति दिएको छ।

धनुषकी श्रीमती ऐश्वर्या चर्चित अभिनेता रजनीकान्तकी छोरी हुन्। धनुष र ऐश्वर्याले सन् २००४ मा विवाह गरेका थिए। उनीहरूका दुई छोरा छन्। उनीहरूको बिहे हुँदा धनुष मात्र २१ वर्षका थिए भने र ऐश्वर्या २३ वर्षकी थिइन्।

निर्माता कस्तूरी राजाका छोरा धनुष अभिनयका साथै निर्देशन र निर्माणमा पनि सक्रिय छन्। यसबाहेक उनी गायक र स्क्रिनप्ले लेखक पनि हुन्। उनी प्रशंसकहरूले खुबै रूचाएका कलाकार हुन्।