क्वालालम्पुर (मलेसिया):= मलेसियामा स्थापित धार्मिक , सामाजिक संस्था युमा साम्यो महासभा मलेसियाको पाँचौं अधिवेशन कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ। अधिवेशनले अटल सेनेहाङको अध्यक्षतमा सर्वसम्मत नयाँ कार्य समिति निर्वाचित गरेको छ।
नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा महेन्द्र यक्सो, शान्तिराम इङनाम, गीता वनेम र सुनिता जबेगु, महासचिवमा सुमन येक्तेन, सचिव कुमार साँबा, कोषाध्यक्ष सञ्जय काम्बाङ र सहकोषाध्यक्ष उमा खजुम निर्वाचित भएका छन्।
अनुसाशन विभाग संयोजकमा सुनिता फ्याक, सदस्यहरुमा मिशन अन्छङबो, वीरप्रकाश लिवाङ, अमर थेगिम, चन्द्र सुहाङ, पूजा कङलिवा, मानवीर नेम्बाङ, असल साउदेन, बिनिता लिम्बू, सुमन येक्तेन ‘ख’, सन्त कुमार सिङ्घक, भिम इवारम थेबे, सानुमाया सेनेहाङ, हर्क तुम्बाहाम्फे, सुरज साउदेन, इसाम वाजी, मोतिहाङ सदेम्बा, सबिन फागो, रोहन आङबुहाङ, गंगा साँबा लिम्बू, भिम माखिम लिम्बू, राम लिम्बू, नरेश लिम्बू, नरेन्द्र काम्बाङ, महेन्द्र सुहाङ र नरेन्द्र ओख्राबु निर्वाचित भएका छन्।
त्यस्तै अधिवेशनले इन्द्र लुम्फुङवा, मनोज कुरुम्बाङ, कमल काम्बाङ, इन्द्र कुमार आङबुहाङ र पदमराज लिम्बूलाई सल्लाहकार र भरत केदेमलाई संरक्षक चयन गरेको छ। याक्थुङ मुन्धुम र मुन्धुमीस्थलहरुको जगेर्ना गर्ने, भाषा, लिपी, संस्कार, संस्कृतिको संरक्षण, सम्बद्र्धन एवंम् प्रवाशमा विभिन्न समस्यामा परेका नेपालीहरुलाई आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने जस्ता कार्यहरु संस्थाले गर्दै आएको महासचिव सुमन येक्तेनले बताए।
समितिका संरक्षक भरत केदेमको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमलाई सफलताको कामना गर्दै युमा साम्यो महासभा केन्द्र नेपाल, युमा साम्यो महासभा अन्तराष्ट्रिय समन्वय समिति, याक्थुङ चुम्लुङ अन्तराष्ट्रिय समन्वय समिति, युएइ, कतार, साउदी अरेविया, युके लगायतबाट शुभकामना सन्देश प्राप्त भएको थियो।
कार्यक्रममा भाग्यशाली चिट्ठाका लागि द्वितीयदेखि सातौंसम्म पुरस्कार प्रायोजन गर्ने सहयोगी व्यक्तित्वहरुलाई सम्मान पत्र द्वारा सम्मान गरिनुकासाथै भाग्यशाली चिट्ठा एक ठेलीभन्दा बढी कटाएर सहयोग गर्नेहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो। कार्यक्रममा या?लाःङ् (धान नाच) र केलाःङ् (च्याब्रुङ नाच) प्रस्तुत गरिएको थियो।
भाग्यशाली चिट्ठाको भाग्यमानी बिजेताहरुको पुरस्कार, रसिद नम्बर र भाग्यशाली नामहरुः
१) प्रथम पुरस्कारः सुनको सिक्री, र.नं. ०२६०, विकाश क्षेत्री
२) दोस्रो पुरस्कारः ल्यापटप, र.नं. ००३६, बिन्दु लामा
३) तेस्रो पुरस्कारः एलईडी टिभी, र.नं.००४५, जिसिका खवास
४) चांैथो पुरस्कारः मोबाइल, र.नं. ०४४९, राम झापाली
५) पाँचौं पुरस्कारः हातेघडी, र.नं. ०२०४, कञ्चन ढकाल
६) छैटौं पुरस्कारः पावर बैंक, र.नं. ०७४०, डुकबहादुर क्याप्छाकी मगर
७) सातौं पुरस्कार टर्च लाइट, र.नं. ०८१२, प्रवासी इलामेली जनसम्पर्क मञ्च मलेसिया
जानकारी अनुसार भाग्यशाली उपहार चिट्ठा विभिन्न व्यक्तित्व तथा संघ–संस्थाका प्रतिनिधिको बाहुलीबाट खोलिएको थियो। भाग्यशाली उपहारका नियमहरु निम्नानुसार छन्ः
(क) लट्री खोलेको दुई हप्ताभित्र उपहार लिइसक्नु पर्नेछ। (ख) परेको उपहार लिँदा टिकटको अर्धकट्टी र परिचय पत्र अनिवार्य देखाउनु पर्नेछ।
(ग) काटिसकेको टिकट फिर्ता हुने छैन।
थप जानकारीका लागि निम्न व्यक्ति र नम्बरमा सम्पर्क गर्न सकिनेछः अध्यक्ष अटल सेनेहाङ ०११६२०६२४०४, महासचिव सुमन येक्तेन लिम्बु ०११३७१५७५३२
पुररस्कार बितरण १७ नोभेम्बर २०२४ आइतबारको दिन बिहान ११ बजे 5a jalan 3/1 badar technology kajang malaysia मा हुनेछ।