जोहोरको एसआईएलसी औद्योगिक क्षेत्र कम्पनी र गोदाममा आगलागीमा परि विदेशी कामदार घाइते।

जोहोर (मलेसिया):= स्थानीय संगसंगै सयौं विदेशी कामदार कार्यरत जोहोरको इस्कान्दार पुतेरी गेलाङपातास्थित एसआईएलसी औद्योगिक क्षेत्र कम्पनी र गोदाममा आगलागी हुँदा पुरै उद्योगनै जलेर खरानी भएको छ ।

बिहिवार अच्चानक भएको आगलागीको घटनामा परि बङ्लादेशी र केहि विदेशी कामदार हरु जलेर घाइते भएका छ्न , घाइते सबैको उपचार स्थानीय सुल्तान अमिनाह अस्पतालमा भैइरहेको जानकारी प्राप्त भएको छ् । थिनर लगायतका रसायनिक पदार्थ भएका एउटा् र अन्य गरि चारवटा गोदाम पुर्ण रुपमा जलेर खरानी भएका छन् ।

जोहरको फायर एण्ड रेस्क्यू डिपार्टमेन्टका प्रवक्ताले बिहिवार दिउँसो ३.५२ बजेसम्म आगो नियन्त्रणमा पनि आईसकेको थियो स्थानीय सञ्चारकर्मी हरुलाई बताएका छ्न । सो उद्योगमा नेपाली कामदार कार्यरत थिए या थिएनन् ? र आगलागी को घटनामा नेपाली कामदार परे या परेनन् भन्ने बारे केहि पनि खुलेको छैन ।

त्यस्तै आगलागी भएको सो औद्योगिक पार्क क्षेत्र वरपर रासायनिक प्रदूषणको कुनै संकेत नदेखिएको लिङ टियान सूनले बताएका छ्न । जोहर स्वास्थ्य र वातावरण समितिका अध्यक्ष समेत रहेका उनले भने कि, वातावरण विभाग (DOE) का अधिकारीहरूले क्षेत्र वरिपरि परीक्षण गरे र प्रदूषणको कुनै ट्रेस फेला परेन।

“यी कारखानाहरूमा औद्योगिक सामग्रीहरू भण्डारण गरिएको हुनाले, धेरैले वायु प्रदूषणको सम्भावनाको बारेमा चिन्ता व्यक्त गरेका छन्। घटनास्थलबाट करिब २ किलोमिटर टाढा रहेको तमन बुकित इन्डाह लगायतका घटनास्थल र आसपासका क्षेत्रमा गरिएको परीक्षणमा हावामा रासायनिक प्रदुषणको कुनै लक्षण देखिएको छैन,’ उनले सार्वजनिक विज्ञप्तिमा भनेका छन् ।

उनले पानी र हावाको गुणस्तर सुरक्षित रहनका लागि घटनास्थल र आसपासका क्षेत्रको अनुगमनलाई निरन्तरता दिने बताए ।