हरर कमेडी जनरामा बनेको चलचित्र ‘फिरफिरे फिरिरी’ को अफिसियल पोस्टर सार्वजनिक।

काठमाडौं := हरर कमेडी जनरामा बनेको चलचित्र ‘फिरफिरे फिरिरी’ को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण गरिएको चलचित्र ‘फिरफिरे फिरिरी’ मनोज कुमार अधिकारीले निर्माण गरेका हुन् ।

अधिकारीले यस अघि चलचित्र ‘नौ डाँडा पारी’ र ‘मंगलसुत्र’ निर्माण गरेका थिए । पछिल्लो समय संसारभर हरर कमेडी फिल्मले राम्रो दर्शकको साथ पाई रहेको बेला अधिकारीले नेपाली हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को निर्माण गरेका हुन् । आगामी कार्तिक २२ गते छठ पर्वको दिनबाट प्रदर्शनमा आउने चलचित्रले हेरुञ्जेल दर्शकलाई पूर्ण मनोरंजन दिनेमा निर्माता अधिकारी बिस्वस्त छन् ।

गत साता चलचित्रको शिर्ष गीत सार्वजनिक गरिएको थियो। सार्वजनिक गीतले यु ट्युबमा दर्शकको राम्रै प्रतिक्रिया पाईरहेको छ। चलचित्र ‘फिरफिरे फिरिरी’ मा सन्दिप श्रेष्ठ र नबिन भट्टको लेखन रहेको छ । यसै चलचित्रबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले नेपाली रजतपटमा डेब्यु गर्दैछन् । चलचित्रको सार्वजनिक पोस्टर अनन्त घिमिरेले डिजाइन गरेका हुन् । यस चलचित्रमा मनोज कुमार अधिकारी, सन्दिप श्रेष्ठ, भावना उप्रेती, रबिना केसी, पुष्प अवस्थी, सूर्यमान लिम्बुलगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रमा जितु तामाङको छायांकन, रोशन दास, प्रकाश दाहाल र अग्नि सुवेदीको सहायक निर्देशन, केशव राज भट्टको कोरियोग्राफी, एलिस कार्कीको ब्याकराउण्ड म्युजिक, प्रशान्त सिवाकोटीको संगीत, अमित श्रेष्ठको साउण्ड डिजाइन, अनन्त घिमिरेको सम्पादन तथा कलर संयोजन रहेको छ । चलचित्रलाई देशभर आर.आर फिल्म्सले वितरण गर्नेछ । चलचित्रको डिजिटल अधिकार म्युजिक नेपालले लिएको छ ।