क्वालालम्पुर (मलेसिया):= नेपाल तामाङ घेदुङको प्रवास शाखा “नेपाल तामाङ घेदुङ् मलेसिया” केन्द्रिय समिति क्वालालम्पुर मलेसियाको “विश्व भरी छरिएर रहेका तामाङहरू एक हौं ‘हृयाङ्लान हीमठीम हृयाङ्लान ग्योई, हृयाङ्सेन तोरतोर छार्नालाई” भन्ने मुल नाराको साथ चौथो अधिवेशन तथा १९औं वार्षिक उत्सव हुने तय भएको छ ।
बिगत १९ बर्ष पहिले सन् २००५ मा मलेसियामा रहेका तामाङ समुदायका युवायुवती एकजुट भैइ स्थापना गरेको जातिय सामाजिक संस्था नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाको अधिवेशन तथा वार्षिक उत्सव कार्यक्रम यहीँ अक्टोबर १३ तारिख आईतवारको दिन बिहान ११:०० बजेदेखि होटेल ग्रेण्ड कन्टिनेन्टलमा आयोजना हुने तय भएको घेदुङ मलेसियाका वरिष्ठ उपाध्यक्ष विक्रम वाईबाले जानकारी दिनुभयो ।
सो कार्यक्रमको सम्पुर्ण तयारी पूरा भैइसकेको र कार्यक्रममा घेदुङकै सांस्कृतिक विभागका स्थानीय कलाकार हरुले सांगीतिक प्रस्तुती दिइने तय भएको र रोजगारीको लागि प्रवास मलेसियामा कार्यरत रहेर पनि विभिन्न क्षेत्रबाट नेपाली समुदायमा योगदान पुर्याउने केहि बिशिस्ट ब्यक्तित्वहरु लाई सम्मान समेत गरिने योजना रहेको वरिष्ठ उपाध्यक्ष वाईबाले बताउनुभयो ।




















