काठमाडौं := नेपाल एयर लाइन्सले फूलपातीको दिन काठमाडौँ-भैरहवा-काठमाडौँ उडान गर्ने भएको छ । अहिले चाडपर्व र सडक अवरुद्ध बनेको समयमा हवाई क्षेत्रमा यात्रूको छाप बढेपछि नेपाल एयर लाइन्सले काठमाडौँ भैरहवा उडान गर्ने भएको हो ।
निगमले सोमबार एक विज्ञप्ति जारी गर्दै २४ गते काठमाडौं–भैरहवा बिहान ११ बजे र भैरहवा–काठमाडौं १२:३० बजे उडान गर्ने जनाएको छ। काठमाडौं–भैरहवाको भाडा ७ हजार छ भने भैरहवा–काठमाडौंको भाडा ३ हजार ८९० रूपैयाँ छ।




















