बलिउड फिल्म ‘सिंघम अगेन’ को ट्रेलर सार्वजनिक (भिडियो सहित)

एजेन्सी (मुम्बई):= बलिउड अभिनेता अजय देवगन अभिनीत फिल्म ‘सिंघम अगेन’ को ट्रेलर सार्वजनिक भएको छ। दिवालीको अवसर पारेर प्रदर्शन हुन लागेको यस् फिल्मको ट्रेलर भिडियो सोमबार जियो स्टुडियो युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

४ मिनेट ५३ सेकेन्डको ट्रेलरमा बाजिराव सिंघमले आफ्नी श्रीमतीलाई बचाउन गरेको संघर्ष देखाइएको छ।रोहित शेट्टी निर्देशित फिल्ममा अजय देवगन, रणवीर सिंह, अक्षय कुमार, दीपिका पादुकोण, करीना कपूर खान, टाइगर श्राफ, अर्जुन कपूरलगायत कलाकारको अभिनय रहेको छ ।

यो फिल्म ‘सिंघम’ को तेस्रो भाग भने रोहित शेट्टीको कप्स युनिभर्सको पाँचौ फिल्म हो। यसअघि उनको कप्स युनिभर्सको फिल्म ‘सिंघम, सिंघम रिटर्न्स, सिम्बा र सूर्यवंशी’ प्रदर्शन भइसकेका छन्।

तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नुहोस् :