क्वालालम्पुर (मलेसिया):= तमू समाज मलेसियाले आउँदै गरेको तमू ल्होसार पर्व हरेक बर्ष झै धुमधामका साथ मनाउने निर्णय गरेको छ ।
यहीँ मिति सन् २०२४ अक्टोबर ०६ तारिख आईतवारका दिन तमू समाज मलेसिया, कार्यसमिति को मासिक बैठक तथा ल्होसार पर्व मनाउने बारे भएको बैठकले आउँदो तमू ल्होसार पर्व बिगतका वर्षहरुमा भन्दा छुट्टै तरिकाले आउँदो अंग्रेज़ी नयाँ बर्ष सन् २०२५ जनवरी ५ तारिख आईतवारको मनाउने निर्णय गरिएको तमू समाज मलेसियाका अध्यक्ष समीर गुरुङले जानकारी दिनुभयो ।
अध्यक्ष गुरुङका अनुसार यसपालीको तमू ल्होसार पर्वलाई मलेसिया को सुन्दर रमणीय पर्यटकीय स्थान रावांङमा अवस्थित एक पिकनिक स्पोटमा “बनभोज” को रुपमा मनाउने निर्णय भएको बताउनुभयो ।
साथै रावाङको उक्त ठाउँमा ल्होसार कार्यक्रममा जान आउनको लागि केएल कोताराय लाई सेन्टर बनाई दुईवटा बससेवा संचाल गर्ने निर्णय भएको समेत अध्यक्ष गुरुङले बताउनुभयो ।
तमु समाज मलेसियाले आफ्नो जातीय समुदायको संस्कृतिलाई प्रवासमा प्रचारप्रसार गरेर विश्वमाझ चिनाउनेसंगै यहाँ भैइपरि आएको खण्डमा पीडित नेपाली श्रमिक हरु लाई आर्थिक भौतिक सहयोग समेत गर्ने गरेका छ्न ।




















