काठमाडौं := मिस एण्ड मिसेस युनिभर्सल २०२४को ट्यालेन्ट राउण्ड सम्पन भएको छ । योसँगै ग्राण्ड फिनाले यही असोज १२ गते काठमाडौंमा हुने बताइएको छ । प्रतियोगिताको ट्यालेन्ट शोमा प्रतिस्पर्धीहरूले नृत्य, अभिनयलगायत अन्य कलामा उत्कृष्ट आ-आफ्नो प्रतिभा प्रदर्शन प्रस्तुत गरेका थिए । स्पार्कल इन्टरटेन्मेन्टको आयोजनामा हुँदै आएको मिस एण्ड मिसेसको यो तेस्रो सिजन हो ।
तेस्रो सिजनसम्म आइपुग्दा आयोजक कम्पनीले प्रतियोगीहरूलाई थप क्षमतावान बनाउँदै ल्याएको छ । आयोजक संस्थाकी अध्यक्ष नितु श्रेष्ठका अनुसार शोको ट्यालेन्ट राउण्डमा प्रतियोगीहरुले बिभिन्न जातिको कला संस्कृति भेषभूषा, रीतिरिवाज झल्कने प्रस्तति दिएका थिए । विवाहित तथा अविवाहित महिलाहरूले नृत्य, नाटकसँगै आआफ्नो प्रतिभा देखाएका थिए ।
उक्त प्रतियोगिताको बिजेताले नगद २५ हजार रुपैयाँसहित, बिभिन्न ब्राण्डको तर्फबाट गिफ्ट प्राप्त गर्नेछन् । फिनालेमा जम्मा १२ जनाले प्रतिस्पर्धा गर्दैछन्। जसमा मिसको तर्फबाट ६ जना र मिसेसको तर्फबाट ६ जनाले प्रतिस्पर्धा गर्नेछन् । शोको कोरियोग्राफरको रूपमा दिक्पाल कार्की रहनुभएको छ ।




















