एजेन्सी := विश्वप्रसिद्ध स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले युट्युब च्यानल खोलेका छन् । उनले आजै एक घण्टा अगाडि खोलेको च्यालमा एक मिलियनभन्दा बढी सब्सक्राइब भएको छ ।
यसअघि युट्युबले उनलाई च्यानल खोल्न प्रतिबन्ध लगाइएको भन्ने चर्चा चलेको थियो । आज उनले बनाएको च्यानल आधिकारिक भएको दाबी गरिएको छ। खोलेको एक घण्टामै एक मिलियन बढी सब्स्क्राइबर बटुलेको छ ।
हालसम्म उनले १८ वटा मात्रै भिडिओ हालेका छन् । आफूले युट्युब च्यानल खोलेकोबारे उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् ।आफूले युट्युब च्यानल खोलेकोबारे उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् ।
च्यानलमा रोनाल्डोका विभिन्न विभिन्न भिडिओहरु सम्पादन गरेर हालिएको छ । उनको च्यानल खोलेको २० मिनेटमै १ लाख ६५ हजार सब्स्क्राइब भएको थियो ।




















