क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको सिलसिलामा बिगत कैयौं लामो समयदेखि मलेसियामा काम गर्दै आएका नेपाली श्रमिक अनिल मुखियाको असमायिक निधन भएको छ ।
पासपोर्ट नम्बर PA१४३६४८६ रहेका यहीँ अगस्ट २१ तारिख हिजो बुधबार स्वदेश फर्किने तयारीमा रहेका बेला श्रमिक मुखिया अच्चानक बिरामी परि अस्पतालमा भर्ना भएका थिए , तर अस्पताल भर्ना हुने बितिक्कै उपचार कै क्रममा मुखियाको असमायिक निधन भएको अस्पताल स्रोतले बताएका छ्न ।
मृतक मुखिया सुरुमा मलेसिया आउँदा कम्पनीमै वैधानिक रुपमै काम गरिरहेको भए ता पनि पछिल्लो केहि बर्षदेखि अवैधानिक हैसियतमा रहि भागेर काम गर्दै आएका थिए । अहिले मलेसिया सरकारले स्वदेश फर्किन मिल्ने कार्यक्रम सुचारु गरेको हुनाले मुखिया पनि समयमै सकुशल स्वदेश फर्किन भनेर समन्वय गरिदिनुहुन अनुरोध गर्दै एकजना नेपाली एजेन्टको सम्पर्कमा पुगेका थिए ।
ति एजेन्टले पनि मुखिया घर फर्किन आवश्यक पर्ने सबै प्रक्रिया पूरा गर्न भरपुर सहयोग समेत गरेर हिजो २१ तारिखको फ्लाईट मार्फत नेपाल फर्काउने अन्तिम तयारी गरिसकेका थिए , तर यहीँ अगस्ट २० तारिख मंगलबारदेखि नै अच्चानक मुखिया सिकिस्त बिरामी परेर अस्पताल भर्ना हुन परेको र लगत्तै २१ तारिख बुधबार बिहानै करिबकरिब ०३:०० बजेतिर मृत्यु भएकोले सकुशल स्वदेश फर्किन नपाएको ति नेपाली एजेन्टले मलाया खबरलाई जानकारी गराए ।
मृतक मुखिया नेपाल बारा जिल्ला कोल्हबी नगरपालिका वडा नम्बर १ मठवा गाउँ निवासी हुन । पछिल्लो केहि बर्षदेखि कोल्हबीबाट बसाइँसराइ गरेर हेटौंडा वडा नम्बर ११ मा स-परिवार बसोबास गर्दै आएका छ्न ।
अहिले मृतक मुखियाको शवको पोस्टमार्टम सकिएर सेलायाङ अस्पतालमा राखिएको छ् । यता नेपाली राजदूतावास मलेसियाका प्रथम सचिव बलिराम प्रसाद धामीले दूतावासको सहयोग समन्वयमा चाडैं नै मृतक मुखियाको शव अन्तिम दाह संस्कारको लागि नेपाल पठाउने बताउनुभयो ।
प्रथम सचिव धामीले भन्नुभयो “दूतावासलेनै सक्दो मृतकको परिवारलाई भार नपर्ने गरि प्रक्रिया पूरा गरेर शव चाडैं नेपाल फर्काउनेछौ , परिवारलाई धैर्य धारण गर्नुहुन आग्रह समेत गर्नुभयो ।”





















