२० बर्षसम्म परिवारसंग सम्पर्क बिहिन बसेका तामाङ मलेसियाबाट स्वदेश फर्किए।

क्वालालम्पुर (मलेसिया):= बिगत २० बर्ष देखि आफ्नो परिवारसँग सम्पर्क बिहिन भएर मलेसियामा बसोबास गर्दै आएका नेपाली कामदार पर्शुराम तामाङ नेपाल आदिवासी जनजाति महासंघ मलेसिया र नेपाल तामाङ घेदुङ मलेसियाको आर्थिक सहयोगमा नेपाल फर्किएका छन ।

पर्शुराम स्वदेश फर्किन आवश्यक सहजीकरणका लागि नेपाली राजदुतावासले यात्रा अनुमती पत्र नि:शुल्क उपलब्ध गराएको थियो, भने महासंघले अध्यागमन जरिवाना र घेदुङ मलेसियाले टिकटको ब्यबस्था गरेको थियो ।

कुनै पनि कागज नभएको पर्शुरामको यात्रा अनुमती पत्र बनाउन खोटाङ जिल्लाको साविक बाक्सिला गाविस वडा नम्बर २ हालको केपिलासगढी गाउपालिका वडा नम्बर ४ का प्रहरी र जिल्ला बाट चाहिने आवश्यक कागजात वडा अध्यक्ष खड्ग बहादुर तामाङले जुटाई सहयोग गरेका थिए ।

अनेकन उतारचढावका बावजुत पनि २० बर्षदेखि मलेसियामै बेपत्ता पर्शुराम तामाङ अन्ततः स्वदेश फर्किन सफल भएका हुन् ।