क्वालालम्पुर (मलेसिया):= सामाजिक कल्याणकारी संघ (जनउद्धार केन्द्र) मलेसियाले रोजगारीमै रहेको बेला कार्यस्थल मै दुर्घटनामा परि एउटा् खुट्टामा चोट लागेर, खुट्टा मर्किएर सख्त घाइते भएका बाग्लुङ जिल्ला जन्मघर भै हाल नवलपुर बसोबास गर्ने राम बहादुर भन्डारिलाई उद्धर गरि नेपाल फर्काइएको छ ।
बिगत २० बर्षदेखी मलेसियामा रहेका उनी लामो समयदेखि अबैधानिक रुपमा बसोबास गरिरहेका थिए । खुट्टा भाचिएर अशक्त भएपछि कार्यरत कम्पनीले कामबाट समेत निकालिएका उनले सहयोग र उद्धारका लागि केन्द्रलाई निवेदन गरेका थिए ।
पेनाङ्ग स्थित सितल रेस्टुरेन्टले खान बस्नको ब्यबथा गरिदिएको उनलाई जनउद्धार केन्द्र पेनाङ्ग क्षेत्रीय कमिटिले हवाइ टिकट उपलब्ध गराएको थियो । यहीँ २३ जुलाई मलिन्डो एअरलाइन्स को उडान मार्फत फर्किएका उनी अहिले पारिवारिक सम्पर्कमा रहि स्वस्थ्य लाभ गरिरहेको उनको पारिवारिक श्रोतले जानकारी गराएको छ ।
त्यस्तै अघिल्लो हप्ता पेनाङको जुरु क्याम्प ( घरफिर्ती केन्द्र ) बाट तीन जनालाई जनउद्धार केन्द्रले हवाई टिकट उपलब्ध गराएर स्वदेश फर्काएको छ । उहाँहरुको अनुरोधमा परिचय गोप्य राखिएको छ ।
उद्धार को यो शृङ्खला जनउद्दार केन्द्रले आफ्नो स्थापनाकालदेखिनै जारी राखेको छ । केन्द्रका महासचिब शंकर देब आचार्य उद्दार कार्यमा प्रत्येक्ष अप्रत्यक्ष साथ दिनुहुने नेपाली राजदूतावास लगायत सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।