रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनसंगको द्वन्द्व र युद्ध अन्त्य गर्न भारतको आग्रह।

Russian President Vladimir Putin, right, welcomes Indian Prime Minister Narendra Modi for the talks on the sideline of the 11th edition of the BRICS Summit, in Brasilia, Brazil, Wednesday, Nov. 13, 2019.The BRICS Summit, gathering the leaders of Brazil, Russia, India, China and South Africa, will take place in Brasilia Nov. 13-14. (Mikhail Metzel, Sputnik, Kremlin Pool Photo via AP)

वासिंटन डिसी:= रूससँगको भारतको सम्बन्धले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा द्वन्द्व अन्त्य गर्न आग्रह गर्ने क्षमता दिएको हृवाइट हाउसले जनाएको छ । युक्रेन द्वन्द्वको समाधान युद्धभूमिमा नभई वार्तामा निहित रहेको भन्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति पुटिनलाई युद्ध अन्त्य गर्न आग्रह गर्नुभएको हो ।

हृवाइट हाउसका सञ्चार सचिव करिन जिन पियरेले भारतलाई अमेरिकाको ‘रणनीतिक साझेदार’ बताउँदै उहाँले युक्रेनमा स्थायी शान्ति कायम गर्ने प्रयासलाई भारतसहित सबै राष्ट्रले समर्थन गर्नु महत्वपूर्ण रहेको बताउनुभयो । ‘रूससँगको भारतको लामो समयदेखि रहँदै आएको सम्बन्धले राष्ट्रपति पुटिनलाई युक्रेनमा युद्धको अन्त्य गर्न आग्रह गर्ने क्षमता दिएको छ’, उहाँले बताउनुभयो ।

‘हाम्रो आउँदो पुस्ताको उज्ज्वल भविष्यका लागि शान्ति सबैभन्दा महत्वपूर्ण छ भन्ने एक मित्रको रूपमा मैले सधैं भन्ने गरेको छु । युद्धभूमिमा समाधान सम्भव छैन अर्थात् बम, बन्दुक र गोलीको बिचमा समाधान र शान्ति वार्ता सफल हुँदैन । हामीले वार्ताको माध्यमबाट मात्र शान्तिको मार्गनुसरण गर्नुपर्नेछ’, बैठकमा प्रधानमन्त्री मोदीले बताउनुभयो ।

सन् २०२२ मा मस्को र किएभबीच युद्ध सुरु भएपछि प्रधानमन्त्री मोदीको यो पहिलो रूस भ्रमण हो । भारतले युक्रेन र रूसबिचको द्वन्द्व समाधानका लागि सधैं ‘शान्ति र कूटनीति’ को वकालत गरेको छ । यसअघि मंगलबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रधानमन्त्री नरेन्द्र मोदीको रुस भ्रमणप्रति निराशा व्यक्त गर्दै यसलाई ‘शान्ति प्रयासमा विनाशकारी प्रहार’ भन्नुभएको थियो ।

प्रधानमन्त्री मोदी जुलाई ८ देखि ९ मा रूसको दुईदिने आधिकारिक भ्रमणमा रहनुभएको थियो । आफ्नो भ्रमणको क्रममा उहाँले मंगलबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग द्विपक्षीय बैठक गर्नुभएको हो । प्रधानमन्त्री मोदीले मस्कोमा भारतीय समुदायलाई पनि सम्बोधन गर्नुभएको छ ।

आफ्नो सेनामा भएका भारतीयलाई फिर्ता हुन अनुमति दिने

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको रुस भ्रमणको क्रममा आफ्नो सेनामा भर्ना भएका भारतीयलाई स्वदेश फर्काउन रुसले सहमति जनाएको छ । भारतको विदेश मन्त्रालयले यसको जानकारी दिएको हो । यो घोषणा भारतीय प्रधानमन्त्रीको मस्को भ्रमणको अन्त्यमा जानकारी दिइएको हो । भ्रमणका क्रममा मोदीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसमक्ष सो मुद्दा उठाएको जनाइएको छ ।

भारतले उनीहरूलाई लडाइँका लागि नभई अलग युनिटमा काम गराइने भनिएकोमा पछि युक्रेनसँगको लडाइँमा लगिएको जनाएको बताइएको छ । युक्रेन युद्धमा अहिलेसम्म कम्तीमा चार भारतीय मारिएको जनाइएको छ । मंगलबार एक पत्रकार सम्मेलनमा भारतका विदेश सचिव विनय क्वात्राले त्यसबारेमा रुसी पक्षसँग कुरा उठाइएको जनाउनुभएको थियो । उनीहरूलाई झुक्याएर सेनामा भर्ना गरेर लडाइँमा लगिएको उहाँको तर्क थियो ।

उहाँका अनुसार रुसी सेनामा करिब ४० भारतीय रहेकोमा १० जनालाई फिर्ता ल्याइसकिएको छ । बाँकीलाई ल्याउन कुराकानी भइरहेको छ । रुसको सेनामा भर्ना भएका भारतीयलाई राम्रो पैसा दिने र रुसी पासपोर्ट दिइने प्रलोभन दिइएको बताइएको छ । त्यहाँ भर्ती भएका धेरैजसो गरिब परिवारका भएको र उनीहरूलाई रुसी सेनाको हेल्परको रूपमा काम लगाइने भनिएको थियो । एजेन्सी