क्वालालम्पुर := मलेसियामा आयोजना भएको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘ग्राण्ड ग्लोवल एम्बेसडर इन्टरनेशनल २०२४’मा नेपाली बालबालिका श्रीजल यादव र सिकुम हांगमा सुब्बाले नेपालाई उपाधि दिलाउन सफल हुनुभएको छ । कोटाकिना बालु शहरमा जुन ५ देखि ९ सम्म आयोजना भएको प्रतियोगितामा यादवले ‘किड युनिभर्स’ र सुब्बाले ‘ग्राण्ड वीनर किड करिस्मा’ नामक दुई उपाधि जित्नुभएको हो ।
प्रतियोगितामा यादवले किड वेष्ट फर्मल अटायर र किड इन्टिलिजेन्ट अवार्डसमेत हात पर्दा सुब्बाले वेष्ट क्याजुअल अटायर र किड फ्रेड्ली अवार्ड चुम्नुभयो । ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’मा नेपालको अलवा इण्डिया, मेलिसिया, सिंगापुर, फिलिपिन्स, साउथ कोरिया, ब्रुनाईलगायत विश्वका विभिन्न देशको बालबालिकाको सहभागिता थियो । प्रतियोगितामा नेपाली कला संस्कृतिको प्रचारप्रसारको अलवा नेपालको पर्यटनसमेत प्रवद्र्धन गरिएको थियो ।
मिस वल्र्ड मलेसिया वेनानिता वेन्सेस आङगाङ मुख्य निर्णायक रहनुभएको प्रतियोगितामा नेपालबाट अन्तर्राष्ट्रिय फेसन कोच राज फैजुको सहभागीता थियो । फैजुले मिस वल्र्ड मलेसिला आङगाङसँग औपचारिका भेटघाट गर्दै कुराकानी पनि गर्नुभएको थियो । भेटमा आङगाङलाई नेपाल भ्रमणको निम्तो दिएको फैजुले बताउनुभयो । उक्त क्रममा आफूले त्यहाँको राजनीतिज्ञ श्रीवेन्स आङगााङसँग पनि भेट गरेको फैजुको भनाइछ ।
उपाधि जित्न सफल बालबालिका यादव र सुब्बा रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी आयोजक रहेको ‘मिलिनियम किड्स इन्टरनेशनल २०२४’ विजेताहरू हुन् । प्रतियोगितामा सहभागी दुवै बालबालिकाको फेसन डिजाइनर श्रीषा बैदारले तयार गर्नुभएको थियो ।