काठमाडौं := राजनराज शिवाकोटी र सदीक्षा कट्टेलको स्वरमा रहेको गीत ‘खुर्सानीलाई बियाँ’ सार्वजनिक भएको छ । राजेन्द्र थापाको शब्द, राजनराजकै संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
प्रसन्न र प्रचण्ड पौडेलको निर्देशन रहेको भिडियोमा यसराज गराच, सामरिका ढकाल, अनिशा न्यौपाने र सरोज प्रजाको अभिनय छ । भिडियोमा ग्रामीण सौन्दर्य र आधुनिक मानसिकताका फ्युजन गरिएको छ ।
प्रकाश हमाल निर्माता रहेको भिडियोमा युमी बलामीका कोरियोग्राफी, राजुजंग बस्नेतको सम्पादन, कुनालको कलर ग्रेडिङ र निशान पौडेलको छायांकन छ । गीतको भडियो भेल्भेट भाइब्स इन्टरटेनमेन्ट प्रोडक्सनबाट निर्माण गरिएको हो ।




















