काठमाडौं := नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लेखेको खेलकुद गीत सार्वजनिक भएको छ । ओलीले लेखेको ‘चान्स पायो कि नेपालीले गर्छ’ भन्ने गीत सार्वजनिक भएको हो ।
दशकपछि नेपालले टी-२० विश्वकप क्रिकेट खेल्न लागेको अवसरमा सार्वजनिक भएको यो गीतमा सशस्त्र प्रहरी निरीक्षक पृथ्वी खनालको संगीत र स्वर छ । उहाँलाई स्वरमा आरसी रिमालले साथ दिनुभएको छ ।
रमेश श्रेष्ठ र दिनेश भण्डारीको छायांकन रहेको गीतको भिडियोमा पिटर गुरुङ र विष्णुहरि तिमल्सिनाको सम्पादन छ । साहस शाक्यको संगीत संयोजन रहेको गीतको भिडियो गायक खनालको अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।




















