काठमाडौं:= आगामी असार ७ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘दान्भी’को ट्रेलर सार्वजनिक गरिएकोे छ । काठमाडौंमा बिहीबार एक कार्यक्रमबीच दुई मिनेट ४० सेकेण्डको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजकि ट्रेलरमा चलचित्रकी मुख्य अभिनेत्री पूजा शर्माको एक्सन अवतार देख्न सकिन्छ ।
रुपेश तामाङको निर्देशन र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको यो चलचित्रलाई नेपाल भारतका विभिन्न स्थानमा छायांकन गरिएको छ । चलचित्रमा विशाल पहाडी, किरण श्रेष्ठ, राजाराम पौडेललगायत कलाकारको अभिनय छ ।
ट्रेलरमा पूजा र नवनायक कुन्साङ बोम्जनबीचको प्रेमले पनि स्थान पाएको छ । ट्रेलरमा पूजालाई ‘लेडी टाइगर’का रुपमा चित्रण गरिएको छ ।
पवन राना मगर कार्यकारी निर्माता रहेको चलचित्रको निर्मातामा देव मगर र अनुप गडाल हुनुहुन्छ भने कमला लिम्बु, पञ्चबहादुर तामाङ र आदर्श पौडेल सह-निर्माता रहनुभएको छ । सञ्जोग कुँवर रानाको पटकथा तथा संवाद रहेको चलचित्रमा हरिप्रसाद घलेको छायांकन, बन्दे प्रसादको सम्पादन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।




















