काठमाडौं:= ‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४’को उपाधि झापाकी शर्मिला बुढाथोकीले चुम्नुभएको छ । वेष्ट नेलआर्टको उपाधिसमेत हात पार्नुभएकी उहाँले २५ हजार नगदसहित विभिन्न उपहार प्राप्त गर्नुभयो ।
रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनले आयोजना गरेको प्रतियोगितामा फष्ट रनरअप र मोष्ट ट्यालेन्ट अवार्ड निशा थापाले जित्दा सेकेण्ड रनरअप र वेष्ट हेयर स्टाइल अवार्ड अम्बिका तुलाधर अधिकारीले, थर्ड रनरअप र वेष्ट हेयर केमिकल टेक्निशियन अवार्ड रजनी राईले हासिल गर्नुभयो ।
डा.सरोज लामिछाने, अभिनेता तेज गिरी, एच्यु हेयर ओयलकी प्रबन्ध निर्देशक विमला मानन्धर, इभेन्ट निर्देशक धीरज तण्डुकार, व्युटिसियन पूजा श्रेष्ठ, बाटिका क्रियसनकी फेशन डिजाइनर गोमा अधिकारी धिताल र हाइड एण्ड सिक किन्डर गार्डेनकी प्रिन्सियल कुमुद भट्टलगायत निर्णायक रहेको प्रतियोगितामा थुप्रै उपविजेतासमेत छानिएको थियो ।
दिनेश डिसीले सञ्चालन गरेको यो प्रतियोगिताको निर्देशकमा कस्मोटेलोजिष्ट परिषी कारञ्जित, व्यवस्थापक प्रमुखमा सरिता भारती र अफिसिय कोरियोग्राफरमा जयन सुब्बा मानन्धर रहनुभएको थियो ।




















