टी-२० अलराउण्डर वरीयतातातर्फ दीपेन्द्रसिंह ऐरीको एक स्थान सुधार, विश्वकै टप १० भित्र।

Dipendra Singh Airee of Nepal makes their way off after not out during the ACC Men's Premier Cup 2024 Group A match between Nepal and Qatar held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 13, 2024. Photo by: Pankaj Nangia / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

काठमाडौं := अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी-२० अलराउण्डर वरीयतातातर्फ नेपालका खेलाडी दीपेन्द्रसिंह ऐरीले एक स्थान सुधार गर्नुभएको छ । आइसिसीले निकालेको नयाँ वरीयतामा दीपेन्द्रले एक स्थान सुधार गर्दै शीर्ष १० मा स्थान बनाउनुभएको हो । यसअघि उहाँ ११औँ स्थानमा हुनुहुन्थ्यो ।

अलराउण्डरतर्फ नेपालका कप्तान रोहित पौडेल एक स्थान घट्दै ६६औँ स्थानमा पुग्दा कुशल मल्ल ३३औँ र गुलशन झा ६१औँ स्थानमा यथावत् हुनुहुन्छ । करण केसी ७४औँ स्थानमा हुनुहुन्छ । ब्याटिङतर्फ दीपेन्द्र ५०औँ, रोहित ६१औँ र आसिफ शेख ८७औँ स्थानमा हुनुहुन्छ । बलिङतर्फ सोमपाल कामी ९२औँ स्थानमा हुनुहुन्छ ।