काठमाडौं:= सौन्दर्य प्रतियोगिता व्युटिसियन नेपालको दशौं संस्करण शनिबार राजधानीको म्युजिक सिटी स्टुडियोमा सम्पन्न भएको छ । हिमालयन मुभिज प्रडक्सन हाउसद्वारा आयोजित सो कार्यक्रममा श्रृजना गुरुङले बिजेता बन्दै ताज पहिरिनुभयो । त्यस्तै हिताकुमारी मैनाली फष्ट रनअरप तथा पुष्पा राई सेकेन्ड रनअरप हुनुभयो ।
हिमानी सुब्बाको कोरियोग्राफिमा प्रतियोगीहरूले आकर्षक नृत्यसँगै कार्यक्रमको सुरुवात भएको थियो । कार्यक्रममा प्राइडल थिममा सम्पूर्ण प्रतियोगीहरूले दुलहीको भेषमा आफूलाई स्टेजमा उतारेका थिए । जसमा वेष्ट ब्राइडलको उपाधिसमेत प्रदान गरिएको थियो । रोसनी लामाले सो उपाधि जित्न सफल हुनुभएको थियो ।
कार्यक्रममा व्युटिसियनको कलाप्रतिभा विविध विषयमा प्रस्तुत गरिएको थियो । जसमा रोसनी लामा वेष्ट नेल आर्ट, सविना ब्लोन वेष्ट जुरो, पुष्पा राई वेष्ट मिडिया मेकअप जित्न सफल हुनुभएको थियो ।
यस्तै मोष्ट स्मार्ट बिभा राई, मोष्ट एक्टिभ पासाङ ल्हामु शेर्पा, मोष्ट डिलिजेन्ट सृष्टि सुनार, मोष्ट कन्फडिेन्ट सिर्जना गुरुङ, मोष्ट डिलाइटफुल स्मृति गुरुङ, वेष्ट स्किनन उषा साउद, वेष्ट फोटोजेनिक सविना दूधराज, मोष्ट ग्रेसफुल हिताकुमारी मैनाली, मोष्ट प्यासोवेट रेविका विके, मोष्ट इलिगेन्ट जुना भण्डारी, मोष्ट पपुलर मलिटमिडिया जुना भण्डारी हुन सफल भएको थियो ।
कार्यक्रमको निर्णयक मण्डलमा व्युटिसियन नेपाल २०२० सजना खतिवडा, मिसेस क्यापिटल क्वीन लक्ष्मी भुसाल, पर्मानेन्ट मेकअप आर्टिष्ट, रोजी श्रेष्ठ, नायिका मोडल सुष्मा अधिकारी र नायक अभिनेता मनिष राउत रहनुभएको थियो ।
उक्त सौन्दर्य प्रतियोगितमा नेल आर्ट, मेकअप, मिडिया मेकअप, जुरो हाइड्रा फेसयिललगायत विषयमा समेत प्रतिस्पर्धा भएको थियो । हिमालय मुभिजद्वारा आयोजना भएको सो कार्यक्रमको एक दशक लामो संस्करण नेपाली व्युटिसियनहरूको क्षमता, प्रतिभा प्रष्फुटन गराई सौन्दर्य क्षेत्रको वृद्धि विकासमा टेवा पु¥याउने उद्देश्यले गरिएको आयोजक पक्षले जनाएको छ ।