आइपीएलमा दिल्लीलाई हराउँदै बैंगलुरु अङ्क तालिकाको पाँचौँ स्थानमा उक्लियो।

एजेन्सी := इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेलमा लगातार पाँचौँ जित हासिल गर्दै रोयल च्यालेन्जर्स बैंगलुरु अङ्क तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा टोलीले दिल्ली क्यापिटल्स माथि ४७ रनको शानदार जित हासिल गरेको हो ।

जितसंगै रोयल च्यालेन्जर्स बेंगलूरु (आरसीबीले)ले प्लेअफ सम्भावना कायम राखेको छ। आरसीबीले दिएको १८८ रनको लक्ष्य पछ्याएको दिल्लीले १९ दशमलव १ ओभरमा अलआउट हुँदै १४० रन मात्र जोड्न सक्यो।

दिल्लीका लागि यस खेलमा कप्तानी गरेका अक्षर पटेलले ३९ सर्वाधिक ५७ रन बनाए। यस्तै साई होपले २९ रन जोडे। जेक फ्रेजर-मक्गर्कले २१ रन बनाए।आरसीबीका लागि यश दयालले ३ विकेट लिए भने लोकी फर्गुसनले २ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १८७ रन बनायो। आरसिबिका लागि रजत पतिदरले ५२ रन बनाए। यस्तै विल ज्याक्सले ४१ रन जोडे। ग्रीनले ३२ रनको योगदान गर्दा विराट कोहलीले २७ रन बनाए। दिल्लीका खलिल अहमद र रशिख सलामले २-२ विकेट लिए भने इशान्त शर्मा, मुकेश कुमार र कुलदीप यादवले समान १-१ विकेट लिए।

जित पछि पाँचौं स्थानमा उक्लिएको आरसीबीको १३ खेलमा १२ अंक भएको छ। तेस्रो स्थानमा रहेको चेन्नईको १३ खेलमा १४ अंक रहेको छ भने चौथो हैदराबादको १२ खेलमा १४ अंक नै रहेको छ। १३ खेलपछि बैंगलुरु १२ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ । दिल्ली समान अङ्कसहित छैटौँ स्थानमा छ। दिल्लीभन्दा बैंगलुरुको नेट रनरेट राम्रो रहेको छ ।