क्वालालम्पुर (मलेसिया):= मलेसियास्थित नेपाली राजदूतावासको संरक्षणमा र यहाँ रहेका विभिन्न संघ संस्थाको आर्थिक भौतिक सहयोग , समन्वयमा सदाको बर्षमाझै यस् बर्ष पनि २५६८औं बुद्ध जयन्ती भब्यताको साथ मनाउने तय भएको छ ।
रथयात्रा सहितको बुद्ध जयन्ती मलेसियाको मिति अनुसार यहीँ मे ( (May ) महिनाको २२ तारिख वेसाक-डे को अवसरमा मनाउने तय भएको र सो कार्यक्रममा नेपालका चर्चित गायक तथा ‘बुद्ध नेपालमा जन्मिएका हुन ।’ अभियानका अभियान्ता धिरज राईको विशेष उपस्थिति रहने नेपाल आदिवासी जनजाती महासंघ मलेसियाको अध्यक्ष बिपिन राईले जानकारी दिनुभयो ।
उक्त कार्यक्रम ब्रीकफिल्डमा अवस्थित कान्डियान हलमा दिउँसो ०२:०० बजेदेखि पुजा र सांस्कृतिक कार्यक्रम हुने र हलमा आयोजना हुने कार्यक्रम सकिए पश्चात् साझमा ब्रीकफिल्ड बाट रथ यात्रा सुरु भैई कोताराया हुँदै बुकिट बिन्ताङ्ग पुगेर फेरि ब्रीक फिल्ड्मै आई टुंगिनेछ ।
महासंघ अध्यक्ष राईले मलेसियामा बस्नुहुने सम्पुर्ण नेपाली श्रमिक दाजुभाइ ,दिदिबहिनीहरु , ब्यापारी , ब्यावसायी लगायतलाई कार्यक्रममा उपस्थितिको लागि विनम्र अनुरोध गर्नुभएको छ ।