आईपीएलमा रोयल च्यालेन्जर्स बैंग्लुरुले गुजरात टाइटन्सलाई ४ विकेटले हरायो।

एजेन्सी := इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट मा रोयल च्यालेन्जर्स बैंग्लुरुले गुजरात टाइटन्सलाई ४ विकेटले पराजित गरेको छ।

बैंगलुरुको बएम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरात १९ दशमलव ३ ओभरमा १४७ रनमा अलआउट भयो।​ बैंग्लोरले १४८ रनको विजय लक्ष्य १३ दशमलव ४ ओभरमा ६ विकेटमा पूरा गर्‍यो।​

बेंगलुरुका कप्तान प्लेसिसले सर्वाधिक ६४ रन बनाए ।त्यसअघि टस हारेर पहिला व्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो । उसका शाहरुख खानले ३७ रन बनाए । जितसँगै बेंगलुरु ११ खेलमा ४ मा जित र ७ मा हार व्यहोरेर  ८ अङ्कका साथ तालिकाको सातौँ स्थानमा उक्लेको छ । समान खेल र समान अङ्क रहेको गुजरात रनरेटका आधारमा नवौँ स्थानमा छ ।

आईपीएलमा आज दुई वटा खेल हुँदै छन् । पहिलो खेल पञ्जाब किंग्स र चेन्नई सुपर किंग्सबीच नेपाली समयअनुसार दिउँसो पौने ४ बजे खेल हुनेछ । यस्तै दोस्रो खेलमा लखनउ सुपर जायन्ट्स र कोलकात्ता नाइट राइडर्स खेल्दैछन् । यो खेल बेलुका पौने ८ बजे शुरु हुनेछ ।