सलमान खानले नयाँ फिल्म ‘सिकन्दर’ निमार्ण गर्ने, अर्को बर्षको इदमा प्रदर्शन हुने।

मुम्बई:= अभिनेता सलमान खानले नयाँ फिल्म ‘सिकन्दर’ निमार्ण गर्ने घोषणा गरेका छन् । इदको अवसर पारेर उनले बिहीबार उक्त फिल्म घोषणा गरेका हुन्। फिल्मको पोस्टर शेयर गर्दै सलमानले भनेका छन्, ‘यो इदमा ‘बडे मियाँ छोटे मियाँ’ र ‘मैदान’ हेर्नुहोस् । आउँदो इदमा ‘सिकन्दर’बाट भेट हुनेछ ।’

फिल्मका निर्माता साजिद नाडियाडवाल हुन् । भने उक्त फिल्मको निर्देशन साउथका चर्चित निर्देशक एआर मुरुगदासले गर्ने बताइएको छ । मरुदासले यस अगाडि ‘गजनी’, ‘होलीडे’ र ‘अकीरा’ निर्देशन गरिसकेका छन् ।

सलमान र निर्माता साजिदले १९९६ मा रिलिज फिल्म ‘जीत’मा पहिलो पटक काम गरेका थिए । फिल्ममा सलमानको अलवा सनी देओल, करिस्मा कपुर लगायतको अभिनय थियो । त्यसपनि सलमानले साजिदको ‘जुडुवा’, ‘मुझसे सादी करोगी’ र ‘किक’ जस्ता हिट फिल्ममा काम गरेका थिए ।