आइपीएल क्रिकेटमा चेन्नई सुपर किंग्सले कोलकत्ता नाइट राइडर्सलाई  ७ विकेटले हरायो।

एजेन्सी := इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्सले कोलकत्ता नाइट राइडर्सलाई  ७ विकेटले हराएको छ । आईपीएल क्रिकेटमा लगातार तीन खेलमा जित निकालेको कोलकातालाई सोमबार राति चेन्नाई सुपर किंग्सले अपराजित यात्रामा पूर्णविराम लगाएको हो ।

चेन्नाइको भने जारी प्रतियोगितामा ५ खेल मध्य तेस्रो जित हो । जितसँगै चेन्नाई ६ अंक बनाएर तालिकाको चौथो स्थानमा उक्लिदा कोलकाता भने समान ६ अंकका साथ रनरेट राम्रो रहँदा दोस्रो स्थानमा रहेको छ । गएरातिको खेलमा कोलकात्ताले दिएको १ सय ३८ रनको सामान्य लक्ष्य चेन्नईले १७ ओभर ४ बलमा ३ विकेट गुमाएर भेट्टायो ।

चेन्नईका कप्तान रुतुराज गायकवाडले अविजित ६७ रन बनाए । कोलकत्ता वैभव अरोराले २ तथा सुनिल नरिनले १ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३७ रन बनाएको थियो  । कोलकत्ताका श्रेयस ऐयरले सर्वाधिक ३४ रन बनाए ।  चेन्नईका तुशार देशपाण्डे र रवीन्द्र जडेजाले समान ३–३ विकेट लिए ।

आइपीएल अन्तर्गत नेपाली समय अनुसार आज राति पौने ८ बजे पञ्जाव किंग्स र सनराइजर्स हैदरावाद आमने सामने हुने छन् । दुवै टिम तेस्रो जितको खोजीमा मैदान उत्रने छन् ।