साउदी सुपर कपमा अल नासर हार्यो, रोनाल्डोले पाए रातो कार्ड।

एजेन्सी := अल हिलाल साउदी सुपर कपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न सेमिफाइनल खेलमा अल हिलालले अल नासरलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । अल हिलालको जितमा सलेम अलदावसारी र माल्कमले एक एक गोल गरेका थिए । त्यस्तै अल नासरका लागि एक गोल साडियो मानेले गरेका थिए ।

यस खेलमा खेलको ८६औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले रातो कार्ड पाएपछि अल नासर १० खेलाडीमा सिमित भएको थियो । अब साउदी सुपर कपको फाइनलमा अल हिलाल र अल इत्तिहाद खेल्ने भएका छन् । फाइनल खेल अप्रिल ११ मा हुने छ ।