क्वालालम्पुर (मलेसिया):= मलेसियाले प्लास्टिक उत्पादन, प्रयोग र फोहोरमैलासम्बन्धी राष्ट्रिय नीति तर्जुमा गरी प्लाष्टिक प्रदूषण नियन्त्रणमा अपेक्षित प्रगति गरिरहेको प्राकृतिक संशाधन र पर्यावरण मन्त्री निक नाज्मी निक अहमदले बताउनुभएको छ ।
यस नीतिमा ग्लोबल प्लास्टिक्स ट्रिटी (जिपिटी) को अनुपालनमा परिणाम सुनिश्चित गर्न सरकार र सरोकारवाला संघसंस्थाहरू लागिपरेको मन्त्री अहमदले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जीपीटी लागू भएपछि न्यायपूर्ण संक्रमणको माध्यमबाट अनावश्यक प्लाष्टिक खपतमा कमी ल्याउनेछ ।

यसका लागि मलेसियाले समुद्री वातावरणलगायत प्लाष्टिक प्रदूषणमा अन्तर्राष्ट्रिय कानुनी रूपमा बाध्यकारी उपकरण विकास गर्न अन्तर-सरकारी वार्ता समितिमा जीपीटीबारे चार चरणको अन्तर्राष्ट्रिय वार्तामा भाग लिइसकेको मन्त्री अहमदले बताउनुभयो ।
सन् २०२२ को फेब्रुअरीमा केन्याको नैरोबीमा सम्पन्न संयुक्त राष्ट्रसंघीय वातावरण सभाको पाँचौं अधिवेशनमा ऐतिहासिक प्रस्ताव पारित भएपछि विश्वव्यापी प्लाष्टिक सन्धिका लागि पहल सुरु भएको हो । रासस/सिन्हृवा ।




















