एजेन्सी := इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आफ्नो घरेलु मैदानमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्समाथि ६ विकेटको सहज जित हासिल गरेको छ । गएराति सम्पन्न खेलमा सनराइजर्सले चेन्नईलाई ६ विकेटले पराजित गरेको हो।
चेन्नईले दिएको १६६ रनको लक्ष्य पछाएको सनराइजर्सले १८.१ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो। यस अघि पहिला ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउँदै १६५ रन मात्र बनाएको थियो।

यो जितपछि सनराइजर्स हैदरावादको ४ खेलमा २ जित र २ हारसहित ४ अंक भएको छ भने चेन्नईको पनि ४ खेलमा २ जित र २ हारसहित ४ अंक भएको छ। यस अघि दिल्लीसँग हारेको चेन्नईको यो लगातार दोस्रो हार हो।




















