क्वालालम्पुर (मलेसिया):= “थारु संस्कृतिको संरक्षण र प्रवर्द्धन हाम्रो अभियान , समानुपातिक समावेशी पहुचको लागि सम्पुर्णमा आहवान” भन्ने मुल नाराको साथ थारु कल्याणकारिणी सभा मलेसियाद्वारा ८औं वार्षिक उत्सव तथा विविध सांस्कृतिक कार्यक्रम-२०२४ कार्यक्रम आयोजनाको तयारी लगभग पूरा भएको छ ।
यहीँ मिति सन् २०२४ मार्च १० तारिख आईतवार क्वालालम्पुरमा कोतराया नजिकै अवस्थित द-केयल एण्ड चाइनिज एसेम्बली हलमा बिहान ११:०० बजेदेखि आयोजना हुने उक्त कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको कार्यक्रम तयारी समितिका आर्थिक संयोजक थाकस मलेसियाका कोषाध्यक्ष रमेश पजियार थारुले जानकारी दिनुभयो ।
कार्यक्रममा नेपालबाट आमन्त्रित पुर्व युवा तथा खेलकुद मन्त्री एवं अहिलेका सप्तरी क्षेत्र नम्बर ४ प्रतिनिधिसभा सदस्य सांसद तेजुलाल चौधरीको प्रमुख आतिथ्यता एवम् नेपालबाटै आमन्त्रित उदयपुर जिल्ला त्रियुगा नगरपालिका का मेयर बसन्त कुमार बस्नेतको आतिथ्यता समेत रहने थारु कल्याणकारिणी सभा मलेसियाका सभापति मनिराम चौधरीले बताउनुभयो ।
साथै कार्यक्रममा नेपालबाट आमन्त्रित नेपाली राष्ट्रिय कलाकारहरु गायिका अनु चौधरी , गायक श्रीेेेनिवास चौधरी , डान्सर तथा मोडल ममता चौधरी र स्थानीय नेपाली कलाकारले सांगीतिक , सांस्कृतिक प्रस्तुति दिने तय भएको सभापति चौधरीले बताउनुभयो ।
कार्यक्रममा उपस्थितिको लागि मलेसियास्थित नेपाली राजदूतावास , नेपाल आदिवासी जनजाती महासंघ , एनआरएनए , लगायत मलेसियामा स्थापित विभिन्न राजनीतिक , सामाजिक संघसंस्थाको प्रतिनिधि , १ हजार भन्दा बढी नेपाली श्रमिक , सञ्चारकर्मी , नेपाली ब्यावसायी , स्थानीय मलेसियन नागरिकलगायत सम्पुर्ण सहयोगीदाताहरुलाई निमन्त्रणा पठाउने कार्य जारी रहेको समेत सभापति चौधरीले बताउनुभयो ।
साथै यस् ८औं वार्षिक उत्सव तथा विविध सांस्कृतिक कार्यक्रम-२०२४ सफल बनाउन मलेसियामा कार्यरत नेपाली जनसमुदाय र संस्थामा आवद्ध थारु समुदायको युवायुवतीले समेत सहयोग गरेका छ्न, त्यस्तै आर्थिक , भौतिक र सामाजिक रुपमा सहयोग गर्नुहुने मुख्य प्रायोजक, सह-प्रायोजक र प्रायोजकहरुको नमावली निम्न प्रकारको रहेको छ :
(१) ओटा टनेल स्क्वायड एसडिएन बिएचडी
(२) एनएसआई मलेसिया
(३) विवेक कुमार थारु (शिवनन्दन)
(४) नेपाली जनसम्पर्क समिति मलेसिया (सभापति चोलाकान्त पंगेनी)
(५) प्रवासी नेपाली मञ्च मलेसिया
(६) एनआरएनए आरसी हरिप्रसाद भट्टराई
(७) एनआरएनए मलेसिया प्रथम उपाध्यक्ष राकेश प्रसाद महतो “आरके”
(८) एनएचएस (NHS) ट्राभल (नेत्र केसि) मलेसिया
(९) द-काठमाडौं रेष्टुरेन्ट एण्ड बार क्वालालम्पुर
(१०) नेपाली भान्सा घर रेष्टुरेन्ट जोहोरबारु जोहोर
(११) उग्रतारा रेष्टुरेन्ट क्वालालम्पुर
(१२) एभरेस्ट किचेन रेष्टुरेन्ट क्वालालम्पुर
(१३) मण्डला रेष्टुरेन्ट क्वालालम्पुर
(१४) साइना फेन्सी तथा कपडा पसल क्वालालम्पुर
(१५) लाली गुराँस रेष्टुरेन्ट एण्ड बार क्वालालम्पुर
(१६) लाङ्घाली चुलो रेष्टुरेन्ट क्वालालम्पुर
(१७) आई-पे रेमिट शाखा मलेसिया
(१८) आरटी एफसी फुटबल क्लब मलेसिया
(१९) सिजि ग्रुप मलेसिया
(२०) नेपाल मगर संघ मलेसिया समिति




















